२ आश्विन २०८३, शुक्रबार | September 18, 2026

शनिबारदेखि तिलोत्तमामा भुपू सैनिक तथा सुरक्षाकर्मीहरु बीच ब्याडमिन्टन प्रतियोगिता हुदै



बुटवल । रुपन्देहीको तिलोत्तमामा भूतपुर्व सैनिक तथा सुरक्षाकर्मीहरु बीच ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । फिट एण्ड फाइन स्पोर्टर्सको आयोजनामा शनिबारदेखि तिलोत्तमा-३ मा अवस्थित स्पोर्टर्सको कभर्ड हलमा प्रतियोगिता हुने भएको हो ।

दुई दिनसम्म सञ्चालन हुने प्रतियोगितामा मेन्स डबल भेट्रान्स र मेन्स डबल सुपर भेट्रान्स (५५ वर्ष माथिका) गरि दुई समुहका खेल हुने आयोजक संस्थाले जनाएको छ । प्रतियोगिता बारे जानकारी गराउन विहिबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै स्पोर्टर्सका अध्यक्ष केश बहादुर गुरुङले भूपुहरुको सम्मानका लागि प्रतियोगिता आयोजना गरिएको बताए ।

प्रतियोगितामा सुपर भेट्रान्स तर्फ विजेताले २० हजार, उप विजेताले १० हजार तथा तेस्रो र चौथो हुनेले ५ हजार नगद पुरस्कार प्राप्त गर्ने भएको छ । यसैगरी भेट्रान्सतर्फको विजेताले ३० हजार, उपविजेताले २० र तेस्रो हुनेले १० हजार नगद पुरस्कार प्राप्त गर्ने आयोजकले जानकारी दियो ।

तीन लाख बढी खर्च अनुमान गरिएको प्रतियोगिता सम्पन्न गर्नका लागि विभिन्न प्रायोजक संस्था, प्रतियोगिहरुबाट उठ्ने प्रवेश शुल्क तथा अन्य रकम संस्थाका सदस्यहरुले नै उठाएर व्यवस्था गरिएको संस्थाका कोषाध्यक्ष म्यानेजिङ डाइरेक्टर स्यामबहादुर मल्लले जानकारी दिए । प्रतियोगितामा सहभागिताका लागि मेन्स डबल भेट्रान्स तर्फ ३ हजार तथा सुपर भेट्रान्सहरुका लागि २ हजार शुल्क राखिएको संस्थाका कोषाध्यक्ष राजेश शाहीले जानकारी गराए ।

प्रतियोगितामा अफिसियल तर्फ मुख्य एम्पाएरका रुपमा प्रमोद सिहं पहाडी र अन्य एम्पाएरहरुमा बसन्त थापा र पदम राना रहेका छन् । काठमाण्डौ, पोखरा, गुल्मी, पाल्पा, स्याङ्जा, धादिङ, कपिलबस्तु लगायतका जिल्लाहरुबाट सहभागी हुने प्रतियोगितामा सुपर भेट्रान्स तर्फ १५ समूह तथा भेट्रान्स तर्फ ४४ जना सहभागी हुने भएका छन् ।

प्रकाशित मिति : १४ आश्विन २०७८, बिहिबार  ६ : ५९ बजे

तीस अर्बको एकमहिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान

काठमाडौँ । नेपाल राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विभागले रु ३०

संविधान पूर्णकार्यान्वयनका लागि तीन तहका सरकारबीच समन्वय आवश्यक : मुख्यमन्त्रीआचार्य

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संविधानको पूर्ण कार्यान्वयनका

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक, राजदूत नियुक्तिको सिफारिस हुन सक्ने

काठमाडौं । मन्त्रिपरिषद्को बैठक शुक्रबार बस्ने भएको छ। ​सिंहदरबारस्थित प्रधानमन्त्री

त्रिभुवन र कान्ति राजमार्गमा दुईतर्फी यातायात सञ्चालन

हेटौँडा । हेटौँडाबाट काठमाडौँ आवतजावतका लागि प्रयोग हुने त्रिभुवन राजपथ