१७ चैत्र २०८२, मंगलबार | April 1, 2026

‘पोलिटिकल डेडलक’ तोड्न देउवा तयार



काठमाडौं । सत्ता पक्ष र प्रतिपक्षबीचको दूरी कम गर्दै दुई पक्षबीच अल्झिएको राजनीतिक गाँठो फुकाउन प्रधानमन्त्री शेरबहादुर देउवा तयार देखिएका छन् ।

बिहीबार सर्वदलीय बैठक डाकेर सत्ता पक्ष र प्रतिपक्षबीचको दूरी घटाउने र संसद्देखि अन्य राष्ट्रिय राजनीतिक मुद्दामा अल्झिएको गाँठो फुकाउने प्रयास गरेका देउवाले त्यो प्रयासलाई अझै जारी राख्ने निष्कर्षमा पुगेका हुन् ।

सत्ता गठबन्धन आबद्ध राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले प्रधानमन्त्री देउवा प्रमुख प्रतिपक्षसँग संवाद गर्न तयार रहेको र आवश्यक परे एमाले अध्यक्ष केपी ओलीसँग एक्लै संवाद गरेर संसद्को अवरोध अन्त्य गर्न चाहेको बताइन् ।

‘प्रधानमन्त्रीज्यू एमाले अध्यक्षसँग आवश्यक परे एक्लै संवाद गर्न पनि तयार हुनुभएको छ, उहाँ संसद्को गतिरोध अन्त्य गर्न चाहनुहुन्छ,’ राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष पौडेलले भनिन् ।

कांग्रेस नेता मीन विश्वकर्माले प्रधानमन्त्रीले मुलुकमा देखिएको राजनीतिक ‘डेडलक’ अन्त्य गर्न प्रमुख प्रतिपक्षसँग निरन्तर संवाद चाहेको बताए ।

‘प्रधानमन्त्रीले मुलुकमा देखिएको राजनीतिक डेडलक अन्त्य गर्न प्रमुख प्रतिपक्षसँग निरन्तर संवादको प्रक्रिया अघि बढाइरहनुभएको छ, एमालेका दोस्रो तहका नेताहरूसँग अझै पनि सत्ता पक्षले त्यो प्रयासलाई जारी राखेको छ,’ नेता विश्वकर्माले भने ।

उनले सर्वदलीय बैठकसमेत एमालेसँगको संवादकै आधारमा तय भएको र अन्त्यमा सो दलबाट बैठकमा सहभागिता भने नभएको बताए ।

‘संवाद सुरु भइरहेको थियो, अहिले पनि जारी छ, त्यहीअनुसार नै सर्वदलीय बैठक बोलाइएको हो, तर उहाँहरू आउनु भएन, यो प्रयास अझै जारी रहन्छ,’ उनले थपे ।

प्रधानमन्त्रीले प्रमुख प्रतिपक्षी दल एमालेसँग संसद्मा देखिएको गतिरोध अन्त्य, प्रतिपक्षी दलको रचनात्मक सहयोग र राष्ट्रिय राजनीतिका मुद्दामा सहमति चाहेको बताउँदै आइरहेका छन् ।

देउवाले यसअघि ओलीसँग वार्ता र संवाद गर्न भन्दै कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई बालकोटस्थित ओली निवास पठाएका थिए । त्यसअघिसमेत कार्कीले दुईपटक ओलीसँग एक्लै भेटेका थिए । कांग्रेसबाट एमालेका नेताहरूसँग संवाद गर्न मन्त्री कार्की र नेता विश्वकर्मा खटिँदै आइरहेका छन् ।

प्रधानमन्त्रीको सचिवालयले समेत प्रधानमन्त्री देउवाले संसद्को गतिरोध अन्त्य गर्ने विषयमा एमाले अध्यक्षसँग वार्ता गर्ने तयारी गरिरहेको जानकारी दिएको छ । तर, दुई नेताबीच कहिले भेट हुने भन्ने तय भइसकेको छैन ।

प्रधानमन्त्री देउवाले एमाले अध्यक्ष ओलीसँग सम्पर्क गरेर छलफल अगाडि बढाउने प्रतिबद्धता जनाएको कानुनमन्त्री कार्कीलेसमेत जानकारी दिएका छन् ।

एमालेले संसद बैठक सुरु भएदेखि नै अवरोध गर्दै आइरहेको छ भने सभामुख र सरकार संवादमार्फत समस्या समाधान गर्न तयार नभए अवरोध जारी रहने बताउँदै आइरहेको छ । आजको राजधानी दैनिकमा महेश्वर गौतमले यो समाचार लेखेका छन ।

 

प्रकाशित मिति : १५ आश्विन २०७८, शुक्रबार  ६ : ३८ बजे

अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य बढ्यो, १५ दिनमा २१ करोड घाटामा निगम

काठमाडौँ । नेपाल आयल निगमले अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य बढाएको

घुस लिँदालिँदै पक्राउ परे प्रहरी नायब निरीक्षक

काठमाडौँ । प्रहरी वृत्त मालीगाउँमा कार्यरत प्रहरी नायब निरीक्षक दिनेश

एमाले अध्यक्ष ओलीको स्वास्थ्य अवस्था सामान्य, चिकित्सकको निगरानीमा अस्पतालमा

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली चिकित्सकको निगरानीमा

छवि रिजाललाई हाजिरी जमानीमा रिहा गर्ने निर्णय

काठमाडौं । समान प्रकतिको मुद्दामा एमाले अध्यक्ष केपी शर्मा ओली

दरबन्दीको अस्पताल नगई पायकपर्ने अस्पताल बस्दै आएका १४ जना चिकित्सकको काज फिर्ता

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले १४ जना चिकित्सकको काज