१६ माघ २०८२, शुक्रबार | January 30, 2026

ब्रिटिस कलेजमा नयाँ विषय ‘बीएस्सी (हन्स) साइबर सेक्युरिटी एण्ड डिजिटल फरेन्सिक’को पढाई हुने



काठमाडौं । प्रतिष्ठित ब्रिटिस एक्रिडेसन काउन्सिल (बीएसी)को मान्यता प्राप्त नेपालको एकमात्र शैक्षिक संस्थाद ब्रिटिस कलेज (टीबीसी)ले बीएस्सी (हन्स) साइबर सेक्युरिटी एण्ड डिजिटल फरेन्सिक विषयको पढाई संचालन गर्ने भएको छ ।

ब्रिटिस एजुकेशन ग्रुप अन्तर्गतको ब्रिटिस कलेजले यसै नोभेम्बर महिनाबाट सो विषयको पढाई संचालन गर्न लागेको हो ।

कलेजले कम्प्युटिङ डिग्रीलाई अझै परिष्कृत बनाउँदै बीएस्सी (हन्स) साइबर सेक्युरिटी एण्ड डिजिटल फरेन्सिक विषयको पढाइ संचालन गर्न लागेको हो । यो नयाँ विषयको पढाई युर्निभर्सिटी अफ वेष्ट इंग्ल्याण्ड (युडब्लुई)को सम्वन्धनमा संचालन हुनेछ ।बेलायतमा इन्जिनियरिङ काउन्सिल तथा ब्रिटिस कम्प्युटर सोसाइटीबाट पनि यो विषयलाई मान्यता दिइएको छ । साथै, टीबीसीमा पनि सैद्धान्तिक तथा प्रयोगात्मक क्षेत्रका विज्ञहरुले यो विषयको पढाईलाई संचालन गर्नेछन् ।

कोरोना भाइरस (कोभिड– १९)को महामारीको कारण नेपालमापछिल्लो समयइन्टरनेट प्रयोगकर्ताहरुको बृद्धि भएसँगै साइबर क्राइमको जोखिम पनि उत्तिकै रहेको हुँदा टीबीसीले संचालन गर्न लागेको यस विषयको पढाईलेकुशल साइबर सुरक्षा र डिजिटल फरेन्सिकका विद्यार्थीउत्पादनगर्ने कलेजले लक्ष्य लिएको छ । बढ्दो माग अनुसारको पढाई संचालन गर्दा विद्यार्थीहरुले उचित अवसर समेत प्राप्त गर्ने कलेजको विश्वासछ ।बीएस्सी (हन्स) साइबर सेक्युरिटी एण्ड डिजिटल फरेन्सिक विषयविद्यार्थीहरुलाई कम्प्युटरमा आधारित गतिविधिहरुको जाँच, प्रविधियुक्त उपकरणहरुको उपयोग, र उपकरण तथा प्रविधिलाई सुरक्षा उल्लंघनबाटरोक्नको लागि यो विषयको डिजाइन गरिएको छ ।

कलेजका कार्यक्रम प्रमुख तथा एसोसिएट डीन अरुण जोशीले सो विषयको पढाईलाई सर्वसुलभ बनाएर डिजिटल नेपालको अवधारणलाई योगदान पु-याउने दावी गरेका छन् । जोशीका अनुसार पढाईलाई प्रभावकारी बनाउनको लागि अत्याधुनिकप्रयोगशालाको निर्माणको थालनी गरिएको छ । जसले गर्दा विद्यार्थीहरुले प्रविधिको क्षेत्रमा नयाँ कुराहरु सिक्ने अवसर पाउनेछन् ।

त्यस्तै, कलेजका मार्केटिङ हेड अमरदीप मण्डलले पनि टीबीसीले संचालन गर्न लागेको नयाँ विषयको पढाई वर्तमान समयको माग भएको बताए । ‘हालको समयमा बीएस्सी (हन्स) साइबर सेक्युरिटी एण्ड डिजिटल फरेन्सिक विषयको माग बढ्दो छ । यसै नोभेम्बरइन्टेकबाट यो विषयको पढाई हामीले संचालन गर्न लाग्दा हामी निकै उत्साहित भएका छौं । साथै, यस विषयको अध्यायन गर्ने विद्यार्थीहरुलेअन्तिम वर्ष बेलायतमा नै गएर अध्यायन पूरा गरेको खण्डमा पोस्ट स्टडी वर्क भिसाको लागि समेत प्रकृया अगाडि बढाउन सक्नेछन् ।’ मण्डलले भने ।

प्रकाशित मिति : १५ आश्विन २०७८, शुक्रबार  ३ : ४२ बजे

राष्ट्रिय जनमुक्ति पार्टीद्वारा प्रतिनिधिसभा निर्वाचनका लागि १० बुँदे चुनावी घोषणापत्र सार्वजनिक

बुटवल । राष्ट्रिय जनमुक्ति पार्टीले प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नो चुनावी

लोकतान्त्रिक अधिकारको बीउ सहिद नै रोपेका हुन् : अध्यक्ष ओली

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीले

बालेन साहको चुनावी अभियानमा हिँडेका सहयोगी दिनेश सिटौला अछाममा बेहोस, हेलिकप्टरमार्फत काठमाडौं पठाइँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको चुनावी अभियानका क्रममा वरिष्ठ नेता

अब कुनै आमाको काख नरित्तियोस् : प्रधानमन्त्री कार्की

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सहिदहरूको साहस, चेतना र सङ्कल्पका

आज एकै दिन २० हजार ५०० सयले घट्यो सुन

काठमाडौं । स्थानीय बजारमा आज सुन र चाँदी दुवैको मूल्य