७ आश्विन २०८३, बुधबार | September 23, 2026

आजको मौसम : अझै बाहिरिएन मनसुन, आज राति प्रदेश १ र २ मा भारी वर्षा हुने



काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले यो वर्ष पनि मनसुन ढिलोगरी बहिरिने भएको छ । जल तथा मौसम विज्ञान विभागको पछिल्लो प्रक्षेपण अनुसार आज शनिबार मनसुन बाहिरिनुपर्ने भए पनि मनसुनी प्रभाव कायमै रहेको जनाएको छ ।

मनसुन कहिले बाहिरिन्छ भनेर यकीन भन्न नसकिने मौसमविदहरूले बताएका छन् । शनिबार बिहान देशभर आंशिकदेखि सामान्य बदली छ। बागमती, गण्डकी, प्रदेश २ र लुम्बिनीका थोरै स्थानमा वर्षा भएको छ ।

दिउँसो प्रदेश २ का धेरै र अरू प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। राति देशभर आंशिक देखि सामान्य बदली रही प्रदेश १ र २ का धेरै स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको आँकलन गरिएको छ ।

प्रदेश १ र २ का थोरै स्थानमा भारी वर्षाको पनि सम्भावना छ । आइतबार प्रदेश १ तथा २ का धेरै स्थान र बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश १ र २ का थोरै स्थानमा भारी वर्षाको आँकलन गरिएको छ भने प्रदेश २ का एकरदुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना छ ।

प्रकाशित मिति : १६ आश्विन २०७८, शनिबार  ७ : ४८ बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११