१६ बैशाख २०८१, आइतबार | April 28, 2024

आजको मौसम : अझै बाहिरिएन मनसुन, आज राति प्रदेश १ र २ मा भारी वर्षा हुने



काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले यो वर्ष पनि मनसुन ढिलोगरी बहिरिने भएको छ । जल तथा मौसम विज्ञान विभागको पछिल्लो प्रक्षेपण अनुसार आज शनिबार मनसुन बाहिरिनुपर्ने भए पनि मनसुनी प्रभाव कायमै रहेको जनाएको छ ।

मनसुन कहिले बाहिरिन्छ भनेर यकीन भन्न नसकिने मौसमविदहरूले बताएका छन् । शनिबार बिहान देशभर आंशिकदेखि सामान्य बदली छ। बागमती, गण्डकी, प्रदेश २ र लुम्बिनीका थोरै स्थानमा वर्षा भएको छ ।

दिउँसो प्रदेश २ का धेरै र अरू प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। राति देशभर आंशिक देखि सामान्य बदली रही प्रदेश १ र २ का धेरै स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको आँकलन गरिएको छ ।

प्रदेश १ र २ का थोरै स्थानमा भारी वर्षाको पनि सम्भावना छ । आइतबार प्रदेश १ तथा २ का धेरै स्थान र बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश १ र २ का थोरै स्थानमा भारी वर्षाको आँकलन गरिएको छ भने प्रदेश २ का एकरदुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना छ ।

प्रकाशित मिति : १६ आश्विन २०७८, शनिबार  ७ : ४८ बजे

वेस्ट इन्डिज ए द्वारा नेपाललाई १६१ रनको लक्ष्य प्रस्तुत

काठमाडौं। वेस्ट इन्डिज एले नेपाललाई १६१ रनको लक्ष दिएको छ

नेपाललाई पाँचौं सफलता, सोमपालले लिए विकेट

काठमाडौं। वेस्ट इन्डिज ए विरुद्ध नेपालले पाँचौं सफलता हासिल गरेको

काठमाडौं महानगरका अस्पतालमा देशैभरका विपन्न र असहाय बिरामीले नि:शुल्क उपचार पाउने

नेपालगन्ज । काठमाडौं महानगरले देशैभरका अशक्त र गरिब बिरामीलाई नि:शुल्क

नेपाल उदार आर्थिक नीतिप्रति प्रतिबद्ध छ, लगानी गर्नुहोस् : प्रधानमन्त्री

काठमाडौँ, १६ वैशाख स् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल लगानीका

वेस्ट इन्डिज ए ले टस जित्यो, नेपालले पहिला फिल्डिङ गर्दै

काठमाडौँ । नेपाल र वेस्ट इन्डिज ए बीचको टी-२० सिरिजको