१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

मानसिक स्वास्थ्य समस्या तथा यसको व्यवस्थापन



मानसिक स्वास्थ भनेको सुस्वास्थ्यको यस्तो अवस्था हो जसमा प्रत्येक व्यक्तिले आफ्नो सम्भाव्यताको महसूस गर्न सक्तछ, जीवनका सामान्य तनावहरुलाई समायोजन गर्न, उत्पादन र फलदायी ढंगले काम गर्न र आफ्नो समुदायमा योगदान पुर्याउन सक्तछ । (मनोसामाजिक अपाङ्गता स्रोत पुस्तिका,२०७०)

मानसिक बिमारी नहुनु वा मानसिक रुपले अशक्त नहुनु मात्र मानसिक स्वास्थ्य हुने होइन कि सामाजिक, आध्यात्मिक, ज्ञानात्मक र संवेगात्मक वा भावनात्मक तबरले पूर्ण रुपले मानसिक स्वस्थ अवस्थालाई नै मानसिक स्वास्थ्य भनिन्छ । (विश्व स्वास्थ्य संगठन, २००१)

कुन्दन काफ्ले

मनोवैज्ञानिक भनेकोअनुभूति, सोचाई विचार, विश्वास, मूल्य, मान्यता, धारणा, भावना/संबेग, विश्वास, इच्छा, व्यवहार, ज्ञान, चेतना, सामना गर्ने श्रोतहरु इत्यादी हो भने सामाजिक भनेकोहाम्रो वरिपरीको वातावरण, सम्बन्ध, रीतिरिवाज, परम्परा, मूल्य मान्यता, विद्यालय, साथीभाई, परिवार, समूह, संस्कृति, विद्यमान सहयोग प्रणाली, अन्तरसम्बन्ध इत्यादि हो ।

समाज र व्यक्ति मध्ये कुनै एक पक्ष अथवा दुवै पक्षले समय सापेक्ष आफ्नो सम्बन्धमा आएका परिवर्तनहरुलाई नस्वीकारी एकोहोरो एउटै आसयमा अडिग रहेर कार्य गरिरहँदाको परिणामले ल्याउने मनोवैज्ञानिक समस्या नै मानसिक समस्या हो । सम्बन्ध कारक र व्यक्त वाहक हुने यस्तो समस्यामा व्यक्ति स्वयम् भने मानसिक स्वास्थ्य समस्याका कारण समुदायबाट अलग्गिएको हुन्छ ।

मानसिक स्वास्थ्य समस्या निम्त्याउने संभावित कारणहरुः

* दवाव, दमन, हिंसा, यातना, दुर्व्यवहार, डर, भय, त्रास, ग्लानी, भेदभाव
* उपहास, अपमान वा मानहानी, हेपाई, घृणा, वेवास्ता, पक्षपात, असफलता
* आर्थीक अभाव, स्रोत र साधनमा न्युन पहँुच
* पहुँचयुक्त सूचनाको अभाव, अवसरहरुमा कमी
* व्यक्तिगत ग्रहणशिलता
* अति व्यस्त दैनिकी, अस्वस्थ प्रतिस्पर्दा
* सौखिन जीवन शैली
* अस्वस्थ सम्बन्ध, गरीबी, अशिक्षा, असहयोग
* उल्याउनु, होच्याउनु, झिस्क्याउनु, एक्ल्याउनु
* कडा नियन्त्रण, भवितव्य पर्नु, दुर्घटना वा दैवी प्रकोप
* हतोत्सायी तुल्याउनु, अवमूल्यन गर्नु

 

मानसिक स्वास्थ्य समस्याका लक्षणहरु

* आँखा जुधाएर कुरा गर्न नसक्नु
* दुब्लाउँदै जानु
* रुचीमा कमी हुनु
* निन्द्रामा गडबडि देखिनु
* अत्याधिक डराउनु वा डर हराउनु
* ध्यान केन्द्रित गर्न नसक्नु
* केही कुरामा पनि मन नलाग्नु
* बेचैन हुनु, छटपटी बढ्नु
* सबै तिरबाट टाढिंदै जानु
* सरसफाइमा ध्यान नजानु
* झोक्राएर बस्नु,
* बोलेर आफ्नो कुरा अभिव्यक्त गर्न नसक्नु
* तिब्र आवेग, हिनताबोधको शीकार हुनु
* कार्य कौशलतामा गिरावट हुनु
* भनाई र गराई वीचको समन्वयमा कमी देखिनु

मानसिक स्वास्थ्य समस्याको व्यवस्थापन

१. व्यक्ति केन्द्रित व्यवस्थापनका उपायहरु :
* आफूलाई व्यस्त राख्ने
* संतुलित भोजन गर्ने
* प्राणायाम, योग, ध्यान, कसरत गर्ने
* प्रेरक प्रसंग, चुटकिला, गीत–संगीत, नाटक, नृत्य हेर्ने तथा सुन्ने
* सकारात्मक सोच्ने
* निरन्तर साथिभाई घर परिवारको सम्पर्कमा रहने
* मनको छटपटी आफ्नो विश्वासिलो मान्छेलाई भन्ने
* तालिका बनाएर दैनिक कार्य गर्न प्रयत्न गर्ने

२. परिवार केन्द्रत व्यवस्थापनका उपायहरु :
* खान–पान तथा बसाईको उचित प्रबन्ध मिलाई दिने
* सम्बन्धित व्यक्तिको कुरा सुनिदिने
* पारिवारीक मुद्धाहरुमा सम्बन्धित व्यक्तिको पनि राय सुझाव लिने
* निर्णय लिन सघाउने
* आदरसम्मान गर्ने
* आत्मीय व्यवहार गर्ने
* भावनात्मक सहायोग गर्ने
* आफ्नो भनाइ नलाध्ने
* दोष नदिने, गालि नगर्ने, कचकच नगर्ने
* ठूलो स्वारमा नबोलिदिने
* हेरचाह गर्ने
* आवश्यक परे मनोपरामर्स दाता तथा मनोचिकित्सकको सेवा लिन सूचित सहमति जुटाउने ।

३. समुदाय केन्द्रित व्यवस्थापनका उपायहरु :
* पूर्वाग्रह नराख्ने नीति लिने
* सामाजिक सहभागीतामा व्यवधान खडा गर्ने अवरोधहरुको पहिचान गरी सो लाई हटाउने
* जबरजस्ति नगर्ने, सूसुचित निर्णय लिन सघाउने
* लान्छना नलगाउने, वहिस्कार नगर्ने
* समुहिक सत्कार गर्ने, प्रसंसा गर्ने, पुरस्कृत गर्ने
* योगदान प्रवर्धन गर्ने
* समान व्यवहार गर्ने, समभाव राख्ने
* छनौट सहित स्वतन्त्रपूर्वक समुदायमा बस्न पाउने अधिकारको परिपूर्ती गर्ने
* सकारात्मक व्यवहार गर्ने
* सामाजिक कार्यमा स्वतन्त्रतापूर्वक सहभागी हुने वातावरण तयार गर्न उपयुक्त व्यवस्था गर्ने
* विभेदकारी अभ्यासलाई खारेज गर्ने
* पहुँचलाई प्रवर्धन गर्ने खालका कानून, नीति, नियम र कार्ययोजना बनाउने
* समान अवसर प्रदान गर्ने
* समाजिक सुरक्षा उपलब्ध गराउने
* हेपाहा शव्दावलीहरुको प्रयोगमा बन्देज लगाउने
* अन्य व्यक्ति सरह राज्यका स्रोत, साधन तथा संयन्त्रहरुमा पहूँच दिलाउने

[email protected]

 

प्रकाशित मिति : १६ आश्विन २०७८, शनिबार  ११ : ४४ बजे

१६ औँ योजनाले एकीकृत पूर्वाधार र सूचना प्रविधिको विस्तारलाई जोड दिएको छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १६ औँ योजनामा एकीकृत

वेस्ट इन्डिज ए विरुद्ध खेल्ने नेपाली टिमको घोषणा

काठमाडौं । नेपालले वेस्ट इन्डिज ए विरुद्ध खेल्ने टिमको घोषणा

आज सुन तोलाको १ लाख ३५ हजार ८०० रुपैयाँ

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ । नेपाल

बसको ठक्करबाट भरतपुरमा तीर्थयात्रीको मृत्यु

भरतपुर । पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना

विदेश उत्तम, स्वदेश खत्तम’ भन्ने बुझाई गलत छ : अशोक राई

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल, सङ्घीय परिषद् अध्यक्ष