४ बैशाख २०८१, मंगलबार | April 16, 2024

अध्यक्ष ओलीको घोषणा – १५ महिनापछि एमालेकै नेतृत्वमा तीनै तहको सरकार



काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार बेहाल अवस्थामा रहेको टिप्पणी गरेका छन् ।

पूर्वप्रधानमन्त्री समेत रहनु भएका अध्यक्ष ओलीले वर्तमान सरकार खाने धन्दामा मात्रै लागि परेको आरोप लगाए । तीन दिनसम्म ललितपुरको गोदावरीमा आयोजित पार्टीको विधान महाधिवेशनमा प्रस्तुत राजनीतिक प्रतिवेदनमाथि उठेका प्रश्नहरुको जवाफ दिने क्रममा ओलीले देशको नागरिकको अधिकारका लागि सरकारले दक्षिणतिर फर्केर बोल्न समेत नसकेकोमा आपत्ति समेत जनाए ।

अध्यक्ष ओलीले १५ महिनापछि आफ्नो पार्टी नेतृत्वको सरकार बन्ने र त्यसले मात्रै देश र जनताको हितमा काम गर्ने दावी समेत गरे । उनले भने, ‘सम्भवत १५ महिना पछि चुनाव हुन्छ । एमालेको सरकार आउँछ । र त्यसले मात्रै यो काम गर्छ । म अहिलेको सरकारले सुन्ने गरी भन्न चाहन्छु – अहिलेको सरकारले सुनोस बैशाख भित्र काठमाडौंमा पानी झारेर देखाओस् ऊ आफैले नापेर जोखेर भनेको कुरा उसले देखाओस बैशाखसम्ममा काठमाडौंमा पानी झारेर देखाओस् तर म उहाँहरुलाई ईख छ भने प्रतिपक्षलाई त मेख मार्ने गरी देखाउनुहोस ।’

अध्यक्ष ओलीले एमाले भित्र नेतृत्व स्थापित हुन नदिन विरोधीहरुले देवत्वकरणको हल्ला फिजाईरहेको दावी समेत गरे । उनले आफूहरु कसैले पनि देवत्वकरण नगरेको तर नेतृत्वको वरिपरी पार्टी र आन्दोलनलाई एकीकृत गराउने काम गरिरहेको दावी समेत गरे । अध्यक्ष ओलीले विरोधीहरु आफू बाँचेको र कार्यकर्ता र जनताले माया गरेकोमा चिन्तित भएको पनि बताए । उनले भने, ‘कार्यकर्ताले जनताले असाध्यै धेरै माया गर्छ । त्यसले एमालेलाई फाईदा पुग्छ । जनता गोलबन्द हुन्छन । त्यसकारण चिन्तित छन । बाचेकैमा चिन्तित छन त म के गरु ? म कमरेडहरुलाई आग्रह गर्न चाहन्छु । मलाई एउटा प्रिय साथीका रुपमा तपाईहरुले जुन विश्वास दिनु भएको छ । त्यो विश्वास एक थोपो पनि तलमाथि पर्र्ने छैन । देशको हित विरुद्ध जनताको हितको विरुद्ध प्रगतिको विरुद्ध पार्टीको हितको विरुद्ध एउटा पनि कदम मबाट चालिने छैन । म अहिले व्यक्तिको रुपमा होईन् एमालेको अध्यक्षको रुपमा भन्दैछु । नेकपा एमालेको अध्यक्षको रुपमा भन्दैछु । नेकपा एमालेलाई मलाई लाग्दछ नेकपा एमालेलाई बुहमतमा पु-याएर यस्तोउस्तो कुनै मधुकैटवले हल्लाउन नसक्ने सुदृढ स्थितिमा पु-याउने छु ।’

अध्यक्ष ओलीले आफ्नो पार्टी नेतृत्वमा सरकार ढाल्न लाग्नेहरु सबै विरोधी भएको बताए । उनले विरोधीले गालामा थप्पड हान्दा पनि शाष्त्र पल्टाउने काम नगर्न पनि पार्टी पंक्तिलाई आह्वान गरे ।

अध्यक्ष ओलीले भने, ‘अब हामी आगामी दिनमा हामी धेरै अल्मलिनु हुँदैन । कहिले कहिले सिद्धान्त र व्यवहारमा हामी अलमलिन्छौं । विरोधी थप्पड हानिसक्छ गालामा । अनि हामी शाष्त्र पल्टाउन थाल्छौं । शाष्त्रले के भन्छ यो गालामा हान्ने विरोधी हो कि होईन ? यो गालामा हान्नेलाई शाष्त्रमा विरोधी मान्छ कि मान्दैन ? शाष्त्र पल्टाउन थाल्छौं । यति सारो शाष्त्रवादी हुनुपर्ने जरुरी छैन । जो तपाईसँग लडिराखेको छ, त्यो विरोधी हो । जो तपाईसँग लडेको छैन सँगै काम गरिराखेको छ । त्यो मित्र हो । हाम्रो पार्टीको बिग्रिएका मान्छे को हुन जो पार्टी छोडेर गए । जो यहाँ छन उनीहरु सप्रेका हुन भन्ने प्रमाण यो भन्दा अरु बढि केही चाहिन्छ ? छर्लङ् छ नि । त्यसकारण हाम्रा विरोधी को हुन ? जो हामीसँग लडिरहेका छन । हाम्रो सरकार ढाल्न जो जोले भूमिका खेले । जसले हामीलाई प्रतिपक्षमा पु-याए । कम्युनिष्ट सरकार ढालेर काँग्रेसको नेतृत्वमा सरकार बनाउनु अग्रगमन र क्रान्तिकारिता हो भनेर गए ।अर्को के को पुच्छर समातेर बैतर्नी तर्न खोज्यो कसैले भन्ने सुनेको थिए । अहिले अर्कै पुच्छर समातेर बैतर्नी तर्ने खेल तपाई हामीले देखेका छौं । हामी कुनै अन्यौलमा, अलमलमा पर्नु पर्दैन । हाम्रै पार्टीका कतिपय साथीहरु वर्ग सम्बन्धले गर्दा, भ्रमले गर्दा स्थानीय अन्तरविरोधले गर्दा कतिपय कुराले पार्टीबाट अलग भएका, अलमलमा परेका, भ्रममा परेका, तानेर लगिएका हुन सक्दछन । त्यस्ता साथीहरुलाई फर्काउनु पर्छ । माथिबाट पनि हामी प्रयास गछौं । तल सबैतिरबाट पनि अलमलमा अलमलिएर गएका साथीहरुलाई भ्रममा परेका साथीहरुलाई फर्काउनका लागि प्रयास गर्न म साथीहरुलाई आग्रह गर्दछु ।’

अध्यक्ष ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई मतपत्र च्यातेर चुनाव जित्ने सपना नदेख्न पनि चेतावनी दिए । उनले प्रचण्डले २ दिन अघि ०६४ को जस्तै जसरी पनि कब्जा गरेर चुनाव जित्ने भनिराखेको स्मरण गराउँदै त्यस्ता खालको धाँधलीका अगाडि आफ्नो पार्टी नझुक्ने बताए । ओलीले भने, ‘अब उहिले ६४ को जस्तै जसरी कब्जा गरेर जे हुन्छ मत पत्र च्यातेर हुन्छ कि बत्ती निभाएर हुन्छ कि जित्नुप-यो भनेर कतिपयले भनि राखेका थिए । हामीले मत पत्र च्यात्ने अवस्था बन्न दिनु हुँदैन । मतपत्र च्यात्ने काम रोक्नु पर्दछ । हामीले बत्ति निभाउने कुरा बन्द गराउनु पर्दछ । बैकल्पिक व्यवस्था गर्नु पर्दछ । कहीँ पनि अन्यायका अगाडि झुक्दैनौं । अन्याय गर्दैनौं । अन्यायका अगाडि झुक्दैनौं । धाँधली गर्दैनौं धाँधलीका अगाडि झुक्दैनौैं । कहिँपनि हामी गुण्डागर्दी गर्दैनौं । गुण्डागर्दी गरेर कसैले जित्छु भन्ने ठान्छ भने त्यो कल्पना नगरे हुन्छ भन्ने कुरा बताई दिन चाहन्छु । त्यसको तयारी नेकपा एमालेले गर्नेछ । सबै ठाउँमा । यी कामहरुमा जुटनु पर्नेछ ।’

अध्यक्ष ओलीले मुलुकको समृद्धि र विकासका लागि एमाले नेतृत्वको बहुमतको सरकार आवश्यक रहेको उल्लेख गर्दै सोही अनुसारको तयारीमा जुटन पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराए ।

प्रकाशित मिति : १७ आश्विन २०७८, आइतबार  ७ : २८ बजे

जिएमई रेमिटबाट पैसा पठाउँदा पठाए पटक क्यास ब्याक

काठमाडौं । रोमानियाबाट जिएमइ रेमिट प्रा.लि मार्फत नेपालमा पैसा पठाउँदा

आम्दा अस्पताल ३०० शैयामा स्तर बृद्धि, अव पाठेघरको क्यान्सरको उपचार आम्दाबाटै

बुटवल । बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले आम्दा अस्पतालको स्तरउन्नतिका

निजी क्षेत्रसँगको सहकार्यबाट अर्थतन्त्र गतिशील हुन्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजी क्षेत्रसँगको सहकार्यबाटै अर्थतन्त्रलाई

बुटवलको कालिकानगरमा बेष्ट ईस्टिच्युट संचालन

बुटवल । बुटवलको कालिकानगरमा बेष्ट इस्टिच्युटले नेपालमै केही गरौ भन्ने

सुदूरपश्चिमको मुख्यमन्त्रीमा दुवै प्रस्ताव अस्वीकार, दुई दिनभित्र फेरी दाबी गर्न आव्हान

धनगढी । सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुखले दुई दिनभित्र मुख्यमन्त्रीका लागि