१५ फाल्गुन २०८२, शुक्रबार | February 27, 2026

सेवा उपलब्ध छैन भनेर कसैलाई लुम्बिनी प्रादेशिक अस्पतालबाट बाहिर पठाईने छैन : डा. ईन्द्र ढकाल



बुटवल । लुम्बिनी प्रादेशिक अस्पतालका नवनियुक्त निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा. ईन्द्र ढकालले आफ्नो पदभार ग्रहण गरेका छन् । आज एक समारोहकाबीच डा ढकालले पदभार ग्रहण गरे । उनलाई अस्पताल प्रमुखको कक्षमा अस्पताल विकास समितिका अध्यक्ष सुर्य भट्टराई र निवर्तमान भएका पूर्व मेसु डा. राजेन्द्र खनालले खादा ओढाएर स्वागत गरेका थिए ।

पदभार ग्रहण गर्दै निमित्त मेसु ढकालले सरकारले घोषणा गरेको सर्वसुलभ स्वास्थ्य सेवा र नागरिकको निशुल्क स्वास्थ्य अधिकारलाई परिपालना गर्ने प्रतिवद्धता ब्यक्त गरे । उनले अस्पतालसँग भएको साधन र श्रोतलाई परिचालन गरि अस्पतालको आयश्रोत बृद्दीको व्यवस्था गरिने बताए । उनले अस्पतालमा उपलब्ध हुन नसकेको सेवाको विस्तार गरिने बताए ।

प्रदेश सरकारले अस्पतालका मेसु डा. राजेन्द्र खनाललाई हटाएर अघिल्लो साता मात्र डा. ढकाललाई निमित्त मेसुमा नियुक्त गरेको थियो ।

कार्यक्रममा अस्पताल विकास समितीका अध्यक्ष सुर्य भट्टराई र निवर्तमान मेसु डा. खनालले सफल कार्यकालको शुभकामना ब्यक्त गरेका थिए ।

प्रकाशित मिति : १८ आश्विन २०७८, सोमबार  ३ : ०३ बजे

प्रतिनिधिसभा सदस्य निर्वाचन : सम्पूर्ण तयारी अन्तिम चरणमा

काठमाडौँ । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन,

सामाजिक सञ्जालमा मात्रै हैन घरघरमा पुगौँ : सभापति थापा

गलकोट । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेपाली कांग्रेसको सबैभन्दा

चीनबाट प्राप्त सहयोगप्रति प्रधानमन्त्रीद्वारा कृतज्ञता व्यक्त

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीसँग नेपालका लागि चीनका राजदूत चाङ

तिर्न बाँकी सरकारी ऋण २८ खर्ब ५८ अर्ब नाघ्यो

काठमाडौँ । तिर्न बाँकी सरकारी ऋण साढे २८ खर्ब नाघेको

बुटवल र सैनामैनाबाट रास्वपा-नेकपा छाडेका साढे ३ सय जनालाई एमाले पार्टी प्रवेश गराए उपाध्यक्ष पौडेलले

बुटवल । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले बुटवल र सैनामैनाका