७ आश्विन २०८३, बुधबार | September 23, 2026

माधव नेपाल र बाबुरामविरुद्धको मुद्दामा सुनुवाइ सकियो, सर्वोच्चले कात्तिक १५ मा निर्णय सुनाउने



काठमाडौं । सर्वोच्च अदालतले बालुवाटारको ललिता निवास सरकारी जग्गा प्रकरणमा मुछिएका पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र डा. बाबुराम भट्टराई विरुद्धको मुद्दामा १५ कात्तिकमा निर्णय सुनाउने भएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबरा र न्यायाधीश नहकुल सुवेदीको संयुक्त इजलासले सोमबार अन्तिम सुनुवाइ गर्दै १५ कात्तिकमा निसु (निर्णय सुनाउने) आदेश गरेको हो ।

यस्तै दुवै पक्षका कानून व्यवसायीलाई १० कात्तिकभित्र आफ्नो बहस नोट पेस गर्नसमेत इजलासले आदेश गरेको छ । सर्वोच्चका प्रवक्ता बाबुराम दाहालले अर्को महिना फैसला सुनाउने आदेश भएको बताए ।

सरकारी जग्गा व्यक्तिको नाममा गरेको मुद्दामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रधानमन्त्रीलाई उन्मुक्ति दिएको भन्दै वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले सर्वोच्चमा रिट दायर गरेका थिए ।

रिटमा पूर्वप्रधानमन्त्रीमाथि पनि मुद्दा चलाउनुपर्ने माग गरिएको छ । यसअघि रिट सुनुवाइका लागि पटक-पटक पेसीमा चढेपनि अन्तिम सुनुवाइ हुन सकेको थिएन ।

बालुवाटार सरकारी जग्गा प्रकरणमा अख्तियारले पूर्वउपप्रधानमन्त्री विजय गच्छदारसहित, मन्त्रीहरु, सचिवदेखि थुप्रैविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

उक्त मुद्दामा सरकारी जग्गा व्यक्तिको नाममा गर्ने निर्णयमा संलग्न तत्कालीन प्रधानमन्त्री नेपाल र भट्टराईलाई अख्तियारले कार्यक्षेत्रभित्र नपर्ने भन्दै उन्मुक्ति दिएको थियो ।

प्रकाशित मिति : १८ आश्विन २०७८, सोमबार  ५ : ३८ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई