२० बैशाख २०८१, बिहिबार | May 2, 2024

माधव नेपाल र बाबुरामविरुद्धको मुद्दामा सुनुवाइ सकियो, सर्वोच्चले कात्तिक १५ मा निर्णय सुनाउने



काठमाडौं । सर्वोच्च अदालतले बालुवाटारको ललिता निवास सरकारी जग्गा प्रकरणमा मुछिएका पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र डा. बाबुराम भट्टराई विरुद्धको मुद्दामा १५ कात्तिकमा निर्णय सुनाउने भएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबरा र न्यायाधीश नहकुल सुवेदीको संयुक्त इजलासले सोमबार अन्तिम सुनुवाइ गर्दै १५ कात्तिकमा निसु (निर्णय सुनाउने) आदेश गरेको हो ।

यस्तै दुवै पक्षका कानून व्यवसायीलाई १० कात्तिकभित्र आफ्नो बहस नोट पेस गर्नसमेत इजलासले आदेश गरेको छ । सर्वोच्चका प्रवक्ता बाबुराम दाहालले अर्को महिना फैसला सुनाउने आदेश भएको बताए ।

सरकारी जग्गा व्यक्तिको नाममा गरेको मुद्दामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रधानमन्त्रीलाई उन्मुक्ति दिएको भन्दै वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले सर्वोच्चमा रिट दायर गरेका थिए ।

रिटमा पूर्वप्रधानमन्त्रीमाथि पनि मुद्दा चलाउनुपर्ने माग गरिएको छ । यसअघि रिट सुनुवाइका लागि पटक-पटक पेसीमा चढेपनि अन्तिम सुनुवाइ हुन सकेको थिएन ।

बालुवाटार सरकारी जग्गा प्रकरणमा अख्तियारले पूर्वउपप्रधानमन्त्री विजय गच्छदारसहित, मन्त्रीहरु, सचिवदेखि थुप्रैविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

उक्त मुद्दामा सरकारी जग्गा व्यक्तिको नाममा गर्ने निर्णयमा संलग्न तत्कालीन प्रधानमन्त्री नेपाल र भट्टराईलाई अख्तियारले कार्यक्षेत्रभित्र नपर्ने भन्दै उन्मुक्ति दिएको थियो ।

प्रकाशित मिति : १८ आश्विन २०७८, सोमबार  ५ : ३८ बजे

वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य

काठमाडौं । वेस्ट इन्डिज ए ले नेपाललाई २१० रनको लक्ष्य

वेस्ट इन्डिज ‘ए’ विरुद्ध फिल्डिङमा नेपाल

काठमाडौं । वेस्ट इन्डिज ए सँगको टी-२० सिरिजअन्तर्गत नेपालले आज

सुनको मूल्य तोलामा रु दुई हजारले वृद्धि

काठमाडौं । स्थानीय बजारमा पहेँलो धातुको मूल्य तोलामा रु दुई

अव पहुँचका आधारमा कसैलाई माफी मिनाहा हुँदैन : गृहमन्त्री लामिछाने

नेपालगन्ज । गृहमन्त्री रबी लामिछानेले पहुँचका आधारमा कसैलाई माफी मिनाहा

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल खुल्यो

काठमाडौं । बाक्लो तुवालोका कारण ‘भिजिबिलिटी’ नपुग्दा बन्द भएको पोखरा