२६ बैशाख २०८१, बुधबार | May 8, 2024

पाँच सयले बढ्यो सुनको मूल्य



काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला रु पाँच सयले बढेर रु ९० हजार ३०० कायम गरिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार छापावाल सुनको मूल्य प्रतितोला रु ९० हजार ३०० तोकिएको हो । छापावाल सुन सोमबार प्रतितोला रु ८९ हजारमा ८०० मा कारोबार भएको थियो ।

त्यस्तै तेजाबी सुनको आजको कारोबार मूल्य प्रतितोला रु ८९ हजार ८५० कायम गरिएको छ जुन सोमबार प्रतितोला रु ८९ हजार ३५० मा कारोबार भएको थियो ।

महासङ्घका अनुसार आज चाँदीको मूल्य स्थिर रहेको छ । सोमबार प्रतितोला रु एक हजार १६० मा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा कारोबार हुनेछ ।

अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ७६० अमेरिकी डलरमा कारोबार भइरहेको छ । अन्तरराष्ट्रिय बजारमा हुने सुनचाँदी कारोबार मूल्यका आधारमा नेपालमा महासङ्घले सुन तथा चाँदीको मूल्य तोक्ने गर्दछ ।

प्रकाशित मिति : १९ आश्विन २०७८, मंगलबार  ११ : २४ बजे

यात्रु भएर गृहसचिव विमानस्थल छिर्दा…..

काठमाडौं । गृह सचिव एकनारायण अर्यालले आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित

राष्ट्रपतिका आर्थिक विज्ञ डा नेपालद्वारा स्पष्टोक्ति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलका आर्थिक विज्ञ डा चिरञ्जीवी नेपालले

भृकुटीमण्डपको खुला (हङकङ)बजार व्यवस्थित गर्न मन्त्री चौधरीको निर्देशन

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले

China’s Xi welcomed with ‘respect and love’ in Serbia

Serbia’s President Aleksandar Vucic reaffirmed his strong support for China’s