५ भदौ २०८३, शुक्रबार | August 21, 2026

लाफा बि लेभल भलिबल प्रतियोगिताको उपाधी मदन भण्डारी स्पोर्ट्स एकेडेमीलाई



बुटवल । लाफा बि लेभल भलिबल प्रतियोगिता २०७८ को उपाधी मदन भण्डारी स्पोर्ट्स एकेडेमीले जितेको छ । शिवनगर सामुदायिक बनको खेल मैदानमा भएको खेलमा मदन भण्डारी स्पोर्ट्स एकेडेमीले आयोजन लाफा समुहलाइ २-१ ले पराजित गर्दै उपाधी जितेको हो ।

एकेडेमीले लाफालाइ पहिलो सेट २५-१६ दोस्रो सेटमा लाफाबाट २७-२५ र तेस्रो सेटमा एकेडेमीले १५-१३ को सेटमा विजयी भएको छ ।

खेलको तेस्रो न्यु होराइजन स्पोर्ट्स क्लब्ले नमस्ते गुल्मी भलिबल ग्रुपलाइ पराजित गर्दै तेस्रो स्थान हासिल गरेको हो । होराइजनले नमस्ते गुल्मिलाइ २५-२३ र २५-२१ को सोझो सेटमा जितेको छ ।

जीतसँगै विजेता समूहले नगद राशी ४० हजारसहित शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । यसैगरी उपविजेता बनेको आयोजक समूहले २० हजार नगद राशीसहित मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । प्रतियोगितामा विभागिय र राष्ट्रिय प्रतियोगिता सहभागी नभएका ४० टिमको सहभागिता रहेको कार्यक्रम सयोजक केशव रानाले बताए ।

त्यस्तै खेलमा बेस्ट डिफेन्स लाफा समुहका सागर लामिछाने, बेस्ट सेटर मदन भण्डारी स्पोर्ट्स एकेडेमीका बिनोद बि क, बेस्ट सर्भर लाफा समुहका यम आले, बेस्ट स्पाइकर मदन भण्डारी स्पोर्ट्स एकेडेमीका गौरव खत्री, राइजिङ प्लेयर्स दिप बोर्डिङका सन्दिप नेपाली र बेस्ट पेलेयर्स मदन भण्डारी स्पोर्ट्स एकेडेमीका बबिन थापाले पाएका छ्न ।

प्रतियोगितामा विभिन्न जिल्लाका ४० समूहको सहभागिता रहेको थियो । स्वास्थ्यका लागि खेलकूद, राष्ट्रका लागि खेलकूद भन्ने मूल नाराका साथ भएको प्रतियोगिताको विजेता समूहलाई कार्यक्रमका प्रमुख अतिथि बुटवल उपमहानगरपालिकाका प्रवक्ता रामप्रसाद रेग्मी, विशिस्ट अतिथि बुटवल उपमहानगरपालिका वडा ८ का अध्यक्ष भिम बहादुर श्रेष्ठ, नगर खेलकुद विकास समितिका अध्यक्ष नन्दु काउचा, शिवनगर सामुदायिक वनका अध्यक्ष नारायण घिमिरे , मिलिजुली टोल विकास समितिका अध्यक्ष निर्मला महत, लाफा समूहका अध्यक्ष तारा सिं रेश्मी, उपाध्यक्ष उपाध्यक्ष बबिन थापा, खेल संयोजक केशव राना तथा समूहका संरक्षक बासुदेव लामिछानेले संयुक्त रुपमा पुरस्कार वितरण गरेका थिए । कार्यक्रमको संचालक सचीव यसपाल चौतारेले गरेका थिए ।

मौसममा खराबीका कारण रात्रीकालिन खेल खेलाएर पाच दिनमा खेल सकिएको समुहका अध्यक्ष तारा रेश्मीमगरले बताए । प्रतियोगिताको प्रथम, द्घितिय, तृतिय र सान्त्वना पुरस्कार युके निवासी दान बहादुर थापा, देविन थापा, ब्रुस थापा, खेम कुमार ९रबि०थापा, दिपेन्द्र थापाले ७५ हजार रुपैया बराबर रकम सौजन्य गरेका छन । प्रतियोगितामा विभागिय र राष्ट्रिय प्रतियोगिता सहभागी नभएका ४० टिमको सहभागिता रहेकोसयोजक केशव रानाले बताए ।

प्रकाशित मिति : १९ आश्विन २०७८, मंगलबार  १० : ५३ बजे

राष्ट्रिय परिचयपत्र सेवा आइतबारदेखि शुक्रबारसम्म दिइने

दाङ । दाङमा राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा प्रवाहको समय परिवर्तन गरिएको

बागमतीका मुख्यमन्त्री थापामगरले आइतबार विश्वासको मत लिने

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले यही भदौ ७

गाँजाको औषधीय प्रयोगमा सरकार सकारात्मक छ : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले औषधीय प्रयोजनका लागि गाँजा

जब एक चिनियाँ व्यक्ति गाउँ फर्किए, बनाए झुर ठाउँलाई ‘पर्यटकीय हब’

गुइयाङ (चीन) । मध्य चीनको हेनान प्रान्तको राजधानी झेङझाउस्थित फक्सकनको

रास्वपाको सचिवालयमा ९ जना थपिए, विभिन्न पदाधिकारी र केन्द्रीय सदस्य मनोनित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीको संगठन विस्तार तथा