४ पुस २०८२, शुक्रबार | December 20, 2025

भाजपाको निमन्त्रणामा नेपाली कांग्रेसको प्रतिनिधिमण्डल भारत भ्रमणमा जाँदै



काठमाडौं । भारतको सत्तारुढ दल भारतीय जनता पार्टी भाजपाको निमन्त्रणामा नेपाली कांग्रेसको प्रतिनिधिमण्डल भारत भ्रमणमा जाने भएको छ ।

कांग्रेस सहमहामन्त्री एवं पूर्वपरराष्ट्रमन्त्री प्रकाशशरण महतको नेतृत्वमा तीन सदस्यीय प्रतिनिधिमण्डल नयाँ दिल्ली जान लागेको हो ।

भारतसँग सम्बन्ध सुधारका लागि नेपालको मुख्य सत्तारुढ दल कांग्रेसको टोलीले नयाँ दिल्लीमा राजनीतिक भेटभाट गर्नेछ । भाजपाका विदेश विभाग प्रमुख डा. विजय चौथाइवालाको निमन्त्रणामा जान लागेको प्रतिनिधिमण्डलमा उदय शमशेर जबरा र अजय चौरसिया रहेका छन् । दुई पार्टीबीचको सम्बन्ध समधुर र सशक्त बनाउनका यो भ्रमण हुन लागेको कांग्रेस सहमहामन्त्री डा. महतले बताएका छन् ।

भारतमा महत नेतृत्वको प्रतिनिधिमण्डलले भारतीय विदेशमन्त्री एस जयशंकर, भाजपा अध्यक्ष जेपी नड्डा, राष्ट्रिय महासचिव अरुण सिंह लगायतलाई भेट गर्ने कार्यक्रम रहेको छ ।

भारतले पछिल्लो केही समययता नेपालमा राजनीतिक हस्तक्षेपकै हैसियतमा विगतमा जस्तै सक्रियता देखाइरहेको अवस्थामा नेपाली कांग्रेसका नेताहरुको भ्रमण हुन लागेको हो । यसका लागि भाजपाका विदेशविभाग प्रमुख चौथाइवालाले निकै मेहनत गरेका छन् । गतवर्षदेखि बारम्बार काठमाडौं आएर नेपालका नेताहरुसँग भेटघाटलाई बाक्लो बनाएका चौथाइवालकै आर्किटेक्टमा अहिले भारतले नेपालसँग सम्बन्ध बढाइरहेको बताइन्छ । चौथाइवाला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका विश्वासपात्र हुन्

प्रकाशित मिति : २० आश्विन २०७८, बुधबार  १० : ४१ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको