१५ जेष्ठ २०८३, शुक्रबार | May 29, 2026

दशैँ मान्न घर जाने नेपाली सेनाका परिवारलाई हेलिकोप्टर सम्मको सविधा !



काठमाडौं । नेपाल सेनाले आफ्ना सैनिक र तिनमा आश्रित परिवारजनलाई दसैँमा घर जानका लागि हेलिकोप्टरबाट सेवा सम्मको सुबिधा दिने घोषणा गरेको छ ।

सेनाको कल्याणकारी सुविधाअन्तर्गत घर बिदामा जाने बहालवाला सैनिक र उनीहरुका परिवारलाई सडक यातायात रहेको स्थानमा यातायात खर्च र सडक यातायात नभएको स्थानमा हेलिकोप्टर सम्मको सुविधा दिने घोषणा गरेको हो । प्रधान सेनापति प्रभुराम शर्माले आफ्नो पद बहालीसँगै सकल दर्जा र आश्रित परिवारलाई कल्याणकारी सुविधा थप गर्ने घोषणा अनुसार सो सुविधा उपलब्ध गराईन लागेको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

असोज १८ देखि असोज २९ (दशैका दिन) सम्म कायम रहनेगरि सैनिक कर्मचारी र सेनाका आश्रित परिवारलाई गाडी र हेलिकप्टरमा पठाउन शुरु गरिएको सैन्य प्रवक्ता (सहायकरथी) सन्तोष बल्लभ पौड्यालले बताए । जंगी अड्डाले सडकको सहज पहुँच नपुगेका डोल्पा र हुम्ला जस्ता जिल्लामा हेलिकप्टरको माध्यमबाट सेनाका आश्रित परिवारलाई घर पठाएको जनाएको छ ।

प्रकाशित मिति : २० आश्विन २०७८, बुधबार  ६ : ३२ बजे

गणतन्त्र दिवसको अवसरमा प्रहरी कार्यालय परिषरमा निःशुल्क स्वास्थ्य शिविर

खजुरा । गणतन्त्र दिवसको अवसर पारेर बाँकेको खजुरामा निशुल्क स्वास्थ्य

बजेटको आकार अस्वाभाविक रूपमा बढाइयो : वर्षमान पुन

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद वर्षमान पुनले सरकारले

यस्तो छ २१ खर्ब २४ अर्ब ३४ करोडको बजेट (पूर्णपाठसहित)

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि कुल

राष्ट्रसेवक कर्मचारीको तलब २१ प्रतिशतले वृद्धि

काठमाडौं । सरकारले राष्ट्रसेवक कर्मचारीको तलब वृद्धि गरेको छ ।

आगामी आर्थिक वर्षभित्र सिद्धबाबा सुरुङमार्ग सम्पन्न गरिने

काठमाडौँ । आगामी आर्थिक वर्षभित्र सिद्धबाबा सुरुङमार्गको निर्माण सम्पन्न गरिने