२४ मंसिर २०८२, बुधबार | December 11, 2025

आईपीएल : बैंगलोरलाई पराजित गर्दै हैदरावाद विजयी



काठमाडौं । आईपीएल टी-ट्वान्टी क्रिकेटमा सनराइजर्स हैदरावाद विजयी भएको छ । अबुधाबीमा बुधबार भएको खेलमा हैदरावादले रोयल च्यालेन्जर्स बैंगलोरलाई ४ रनले पराजित गरेको हो ।

हैदरावादले दिएको १ सय ४२ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३७ रनमा समेटियो ।

बैंगलोरका देबदुत पडिकलले सर्वाधिक ४१ रन जोड्दा ग्लेन म्याक्सवेलले ४० रन बनाए । एबी डी भिलियर्सले अविजित रहदै १९ रन बनाए । शाहबाज अहमेदले १४ तथा श्रीकार भारतले १२ रन बनाए ।

हैदरावादका भुवनेश्वर कुमार, जासन होल्डर, राशिद खान, सिदार्थ कउल र उम्रन मलिकले एक एक विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको हैदरावादले २० ओभरमा ७ विकेट गुमाएर १ सय ४१ रन बनाएको थियो । हैदरावादका लागि जासन रोयले ४४ रन जोड्दा कप्तान केन विलियम्सनले ३१ रन बनाए ।

जितपछि पनि १३ खेलमा ६ अंक जोडेको हैदरावाद पुछारमा नै छ । बैंगलोर १६ अंकसहित तेस्रो स्थानमा छ ।

 

प्रकाशित मिति : २१ आश्विन २०७८, बिहिबार  ६ : ३६ बजे

कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिको संयोजकमा सहमहामन्त्री यादव

काठमाडौँ । नेपाली कांग्रेसको क्रियाशील सदस्यता केन्द्रीय छानबिन समितिको संयोजकमा

कांग्रेस बाँकेबाट सहमहामन्त्री राठौरसहित २२ जनाको नाम सिफारिस

नेपालगन्ज । नेपाली कांग्रेसले बाँकेबाट आगामी फागुन २१ गते हुने

सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति (पूर्णपाठ)

काठमाडौँ । नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति

वहुविवाह आरोपमा डीएसपी मधु नेपाल पक्राउ

बुटवल । नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक (डीएसपी) मधु नेपार्ल