१७ चैत्र २०८२, मंगलबार | April 1, 2026

दशैँका सामान उत्तरी नाकामै रोकिए



काठमाडौं । जुत्ता व्यवसायी देवेन्द्र कुमारले दसैंलाई लक्षित गरेर चीनबाट ल्याएका दुई गाडी जुत्ताचप्पल तीन महिनादेखि केरुङ नाकामा रोकिएका छन् । जुत्ता नआएपछि देवेन्द्र दसैंमा के बेच्ने भन्ने चिन्तामा छन् । ‘अहिलेसम्म कोभिडले व्यापार भएको थिएन,’ उनले भने, ‘दसैंमा जुत्ताचप्पल बेचौंला भनेको, ती सामान बोकेर आएका गाडी सीमानाकापारि नै रोकिए ।’

दसैंका लागि नेपाली व्यापारीले खरिद गरेका सामान बोकेर चीनको गोन्जाउ सहरबाट नेपालतर्फ हिँडेका करिब आठ सय गाडी उत्तरी सीमावर्ती चिनियाँ क्षेत्रमा रोकिएका छन् । कोभिडका कारण चिनियाँ पक्षले तातोपानी र केरुङ नाकाबाट थोरै गाडीमात्र पास गरेकाले सामान अड्किएका हुन् ।

कोभिड सुरु हुनअघि दैनिक करिब दुई सय ५० मालवाहक गाडी नेपाल भित्रिने केरुङ नाकाबाट अहिले मुस्किलले नौ गाडीसम्म आउने गरेको अवस्था छ । त्यसैगरी, तातोपानी नाकाबाट पनि सोही हाराहारीमा सामान आयात भैरहेको छ ।

नेपाली व्यापारीले खरिद गरेका सामान बोकेर आएका करिब आठ सय गाडी चिनियाँ सीमा क्षेत्रमा रोकिएको हिमालय सीमापार वाणिज्य संघका महासचिव भरत कार्कीले बताए । ‘केरुङ र तातोपानी हुँदै आउने करिब आठ सय गाडी सामान उतै सीमापारि रोकिएका छन्,’ कार्कीले भने, ‘दसैंका सामान रोकिएपछि व्यापारीको बिचल्ली भएको छ ।’ संघका अनुसार केरुङतर्फ करिब साढे छ सय र तातोपानी नाकातर्फ डेढ सय मालवाहक गाडी रोकिएका छन् ।

अघिल्ला वर्षको तुलनामा चिनियाँ पक्षले निकै कम गाडी छाडेकाले समस्या भएको रसुवाका भन्सार प्रमुख रामप्रसाद रेग्मीले बताए । ‘कोभिड सुरु हुनुअघि दैनिक अढाई सय गाडी यो नाका हुँदै आउँथे,’ रेग्मीले भने, ‘अहिले दैनिक सातदेखि नौ गाडी सामान आइरहेको छ ।’ दसैंका बेला सामान ल्याउन दबाब बढेको रेग्मी बताउँछन् । ‘चाडपर्वमा धेरै सामान आउने भएकाले भनेजति पास भएको छैन,’ उनले भने, ‘कोटा तोकेर आएकाले कठिनाइ भएको हो ।’

दसैंका लागि तीनरचार महिनाअघि अर्डर गरेका सामान नआएपछि व्यापारी चिन्तित छन् । दसैंमा बिक्री गर्ने जुत्ताचप्पल, कपडा, विद्युतीय सामग्रीलगायत करोडौंका सामग्री रोकिएको व्यापारीले बताएका छन् । आजको नागरिक दैनिकमा दिलीप पौडेले यो समाचार लेखेका छन ।

प्रकाशित मिति : २१ आश्विन २०७८, बिहिबार  ७ : २१ बजे

अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य बढ्यो, १५ दिनमा २१ करोड घाटामा निगम

काठमाडौँ । नेपाल आयल निगमले अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य बढाएको

घुस लिँदालिँदै पक्राउ परे प्रहरी नायब निरीक्षक

काठमाडौँ । प्रहरी वृत्त मालीगाउँमा कार्यरत प्रहरी नायब निरीक्षक दिनेश

एमाले अध्यक्ष ओलीको स्वास्थ्य अवस्था सामान्य, चिकित्सकको निगरानीमा अस्पतालमा

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली चिकित्सकको निगरानीमा

छवि रिजाललाई हाजिरी जमानीमा रिहा गर्ने निर्णय

काठमाडौं । समान प्रकतिको मुद्दामा एमाले अध्यक्ष केपी शर्मा ओली

दरबन्दीको अस्पताल नगई पायकपर्ने अस्पताल बस्दै आएका १४ जना चिकित्सकको काज फिर्ता

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले १४ जना चिकित्सकको काज