२९ मंसिर २०८२, सोमबार | December 15, 2025

‘मालदार’ मन्त्रालयको बदलामा एकिकृत समाजवादीलाई दुई प्रदेशमा मुख्यमन्त्री दिने सहमति



काठमाडौं । सत्तारुढ गठबन्धनमा ‘मालदार’ मन्त्रालयको बदलामा नेकपा एकिकृत समाजवादीले दुईवटा प्रदेशमा मुख्यमन्त्री पाउने भएको छ । ‘मालवाला’ मन्त्रालय नपाएको र भनेजती मन्त्रालय नपाएको भन्दै सत्तारुढ गठबन्धन बैठकमा गुनासो पोखेर बाहिरिएका एकिकृृत समाजवादीका अध्यक्ष माधव नेपाललाई मनाउन गठबन्धनका शीर्ष नेताहरुले दुई प्रदेशको मुख्यमन्त्री दिने सहमति गरेका हुन् ।

गठबन्धन दलका बीच भएको भद्र सहमति अनुसार प्रदेश नम्बर १ र बागमती प्रदेशमा नेकपा एकीकृत समाजवादी पार्टीले मुख्यमन्त्री पाउने भएको छ । बैठकमा असन्तुष्टी जनाउँदै अध्यक्ष नेपाल बैठक छाडेर बाहिरिएपछि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले दुई मुख्यमन्त्री दिने गरि बैठकमा प्रस्ताव गरेका थिए । हाल नेपाल पक्ष छाडेर एमालेमा सहमाहित भएका एमाले नेताहरुले मुख्यमन्त्री सम्हालेपनि दबै प्रदेशमा मुख्यमन्त्रीहरु अल्पमतमा रहेका छन् ।

हाल प्रदेश १ मा भीम आचार्य र बागमतीमा अष्टलक्ष्मी शाक्य नेतृत्वको सरकार रहेको भएपनि गणीतिय हिसावले उनीहरु अल्पमतमा परिसकेका छन् । सत्तारुढ गठबन्धनको बहुमत देखिएको दुबै प्रदेशमा काँग्रेसले मुख्यमन्त्री दाबी गरेपनि सहमति जुटेको थिएन । अब गठबन्धनमा सहमति जुटेसँगै प्रदेश १ मा समाजवादीका संसदीय दलका नेता राजेन्द्र राई र बागमतीमा राजेन्द्र पाण्डे मुख्यमन्त्री बन्ने लगभग निश्चित जस्तै भएको छ ।

प्रकाशित मिति : २१ आश्विन २०७८, बिहिबार  ६ : २० बजे

अबको निर्वाचनपछि बन्ने सरकारको नेतृत्व गर्नेगरी अगाडि बढ्नुपर्छ : मन्त्री घिसिङ

धुलिखेल । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले नयाँ शक्तिहरू

योजना आयोगको उपाध्यक्षमा डा प्रकाश श्रेष्ठ

काठमाडौँ । सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा प्रकाशकुमार श्रेष्ठ

सुनको मूल्य हालसम्मकै उच्च, तोलाको २ लाख ६० हजार नाघ्यो

काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।

एमाले ११ औं महाधिवेशन : पोखरेल समूहको पदाधिकारी टिम करिब टुंगियो

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष