२५ चैत्र २०८२, बुधबार | April 8, 2026

‘मालदार’ मन्त्रालयको बदलामा एकिकृत समाजवादीलाई दुई प्रदेशमा मुख्यमन्त्री दिने सहमति



काठमाडौं । सत्तारुढ गठबन्धनमा ‘मालदार’ मन्त्रालयको बदलामा नेकपा एकिकृत समाजवादीले दुईवटा प्रदेशमा मुख्यमन्त्री पाउने भएको छ । ‘मालवाला’ मन्त्रालय नपाएको र भनेजती मन्त्रालय नपाएको भन्दै सत्तारुढ गठबन्धन बैठकमा गुनासो पोखेर बाहिरिएका एकिकृृत समाजवादीका अध्यक्ष माधव नेपाललाई मनाउन गठबन्धनका शीर्ष नेताहरुले दुई प्रदेशको मुख्यमन्त्री दिने सहमति गरेका हुन् ।

गठबन्धन दलका बीच भएको भद्र सहमति अनुसार प्रदेश नम्बर १ र बागमती प्रदेशमा नेकपा एकीकृत समाजवादी पार्टीले मुख्यमन्त्री पाउने भएको छ । बैठकमा असन्तुष्टी जनाउँदै अध्यक्ष नेपाल बैठक छाडेर बाहिरिएपछि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले दुई मुख्यमन्त्री दिने गरि बैठकमा प्रस्ताव गरेका थिए । हाल नेपाल पक्ष छाडेर एमालेमा सहमाहित भएका एमाले नेताहरुले मुख्यमन्त्री सम्हालेपनि दबै प्रदेशमा मुख्यमन्त्रीहरु अल्पमतमा रहेका छन् ।

हाल प्रदेश १ मा भीम आचार्य र बागमतीमा अष्टलक्ष्मी शाक्य नेतृत्वको सरकार रहेको भएपनि गणीतिय हिसावले उनीहरु अल्पमतमा परिसकेका छन् । सत्तारुढ गठबन्धनको बहुमत देखिएको दुबै प्रदेशमा काँग्रेसले मुख्यमन्त्री दाबी गरेपनि सहमति जुटेको थिएन । अब गठबन्धनमा सहमति जुटेसँगै प्रदेश १ मा समाजवादीका संसदीय दलका नेता राजेन्द्र राई र बागमतीमा राजेन्द्र पाण्डे मुख्यमन्त्री बन्ने लगभग निश्चित जस्तै भएको छ ।

प्रकाशित मिति : २१ आश्विन २०७८, बिहिबार  ६ : २० बजे

प्रधानमन्त्री शाहले आज २० देशका राजदूतसँग सामूहिक भेटवार्ता गर्दै

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले आज नेपालमा रहेका करिब

ट्रम्पले इरानमाथि सैन्य कारबाही रोकेपछि तेलको मूल्यमा गिरावट, बजारमा सकारात्मक संकेत

काठमाडौं । डोनाल्ड ट्रम्पले इरानमाथि गर्ने भनिएको सम्भावित ठूलो आक्रमण

आज सिँचाइ दिवस मनाइँदै, अझै कृषि योग्य जमिनमा सुविधा पुर्‍याउन चुनौती

काठमाडौं । सिँचाइ दिवस तथा जलस्रोत तथा सिँचाइ विभागको स्थापना

इरान र अमेरिकाबीच इस्लामाबादमा वार्ता हुने, इरानले अघि सार्‍यो १० बुँदे प्रस्ताव

काठमाडौं । अमेरिका र इरानबीच इस्लामाबादमा औपचारिक वार्ता हुने भएको

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

काठमाडौं । सङ्घीय संसदका दुवै सदनको बैठक आज बस्दैछ ।