२७ माघ २०८२, मंगलबार | February 11, 2026

आईपीएल : राजस्थानलाई कोलकाताले ८६ रनले हरायो



काठमाडौं । कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेट प्रतियोगितामा सहज जित निकालेको छ । बिहीबार सारजाहमा भएको खेलमा कोलकाताले राजस्थान रोयल्सलाई ८६ रनले हराएको हो ।

कोलकाताकाले दिएको १ सय ७२ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको राजस्थान १६ ओभर १ बलमा अलआउट हुँदै ८५ रनमा समेटियो ।

राजस्थानका राहुल टेवाटियाले सर्वाधिक ४४ रन बनाए । राजस्थानलाई सस्तैमा समेट्न कोलकाताका शिभम माभीले ४ तथा लकी फर्गुसनले ३ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको कोलकाताले २० ओभरमा ४ विकेट गुमाएर १ सय ७१ रन बनाएको थियो । उसका शुबमन गिलले ५६ रनको अर्धशतकीय इनिङ् खेले ।

राजस्थानका क्रिस मोरिस,चेतन शाकरिया,राहुल टेवाटिया र ग्लेन फिलिप्सले १/१ विकेट लिए ।

जितसँगै कोलकाता १४ खेलमा १४ अंक जोडेर चौथो स्थानमा उक्लिएको छ । कोलकाता प्ले अफ सम्भावना कायम राखेको छ । राजस्थान १० अंक जोडेर सातौ स्थानमा छ ।

प्रकाशित मिति : २२ आश्विन २०७८, शुक्रबार  ७ : ३३ बजे

इञ्जिनियर विष्टविरुद्ध आरोपपत्र दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गोदावरी नगरपालिका, ललितपुरका इञ्जिनियर

फागुन ३ गतेभित्र प्रतिबद्धता पत्र (घोषणापत्र) सार्वजनिक गर्न आयोगको निर्देशन

काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनमा सहभागी हुने

बजेट अर्धवार्षिक समीक्षा : प्रदेशको खर्च १४ प्रतिशतमा खुम्चियो

काठमाडौँ । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय बितिसक्दा पनि

जेनजी ‘मुभमेन्ट’ पछि साँच्चिकै बद्लिएको पार्टी नेपाली कांग्रेस : उप-सभापति शर्मा

नेपालगन्ज । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले कांग्रेस अहिले पुरै

मतदातालाई ओलीको आग्रह : ‘साइको थ्रेट’ले चुपचाप मतदान गर्न उक्साए पनि सोची-विचारी मतदान गर्नुस्

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा