११ बैशाख २०८१, मंगलबार | April 23, 2024

सरकारले पायो पूर्णता, १६ मन्त्री र दुई राज्यमन्त्री नियुक्त



काठमाडौं । सरकार बनेको झण्डै तीन महिनापछि प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तार गर्दै पूर्णता दिएका छन् ।

राष्ट्रपति भण्डारीले प्रधानमन्त्री देउवाको सिफारिसमा १६ मन्त्री र दुई राज्यमन्त्री नियुक्त गरेकी छिन् । राष्ट्रपति कार्यालयले २५ सदस्यीय मन्त्रिपरिषद् गठन भएको जनाएको छ ।

सत्तारुढ गठबन्धनका ४ वटा दलले सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम पठाएसँगै देउवाले मन्त्रिमण्डल विस्तार गरेका हुन् ।

चार वटै पार्टीबाट सिफारिस भएकाहरुको नाम समावेश गरेर मन्त्री नियुक्त गर्न प्रधानमन्त्रीले राष्ट्रपति कार्यालय पठाएका थिए ।

राष्ट्रपति कार्यालयद्वारा विज्ञप्ति अनुसार प्रधानमन्त्रीपछिको वरियताक्रममा गृहमन्त्री बालकृष्ण खाँण रहेका छन् । यसैगरी तेस्रो नम्वरमा कांग्रेसकै ज्ञानेन्द्रबहादु कार्की रहेकाछन् । त्यसपछि चौथौं नम्वरमा माओवादी केन्द्रकी पम्फा भुसाल रहेकी छिन् । त्यसपछि जसपाका राजेन्द्र श्रेष्ठ रहेका छन् भने एकीकृत समाजवादीका विरोध खतिवडा त्यसपछिको छैठौं नम्वर वरियतामा रहेका छन् ।

प्रधान्यायाधीस चोलेन्द्र शमशेर जबराका जेठान गजेन्द्र हमालको वरियता १९औं नम्वरमा रहेको छ । हमाल उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री बनेका छन् ।

स्वास्थ्य राज्यमन्त्री रहेका उमेश श्रेष्ठ प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा पुगेका छन् ।

प्रकाशित मिति : २२ आश्विन २०७८, शुक्रबार  ४ : ०५ बजे

सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा

धनगढी । सुदूरपश्चिम प्रदेश मन्त्रिपरिषद् विस्तारमा अन्योल देखिएको छ ।

सूर्य नेपाल काठमाडौं ओपनको पहिलो दिन भुवन शीर्षस्थानमा

काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२३-२४ अन्तर्गतको सातौं प्रतियोगिता,

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने राजकीय भ्रमणमा

विपिन जोशीको रिहाईको पहल गरिदिन राष्ट्रपति पौडेलको कतारी अमिरलाई आग्रह

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलमा हमासको आक्रमणपश्चात् बेपत्ता भएका

गगन थापा भन्छन्- लोकतन्त्रको विकल्प समुन्नत लोकतन्त्र नै हो

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले लोकतन्त्र दिवसको शुभकामना