२१ असार २०८३, आइतबार | July 5, 2026

सरकारले पायो पूर्णता, १६ मन्त्री र दुई राज्यमन्त्री नियुक्त



काठमाडौं । सरकार बनेको झण्डै तीन महिनापछि प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तार गर्दै पूर्णता दिएका छन् ।

राष्ट्रपति भण्डारीले प्रधानमन्त्री देउवाको सिफारिसमा १६ मन्त्री र दुई राज्यमन्त्री नियुक्त गरेकी छिन् । राष्ट्रपति कार्यालयले २५ सदस्यीय मन्त्रिपरिषद् गठन भएको जनाएको छ ।

सत्तारुढ गठबन्धनका ४ वटा दलले सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम पठाएसँगै देउवाले मन्त्रिमण्डल विस्तार गरेका हुन् ।

चार वटै पार्टीबाट सिफारिस भएकाहरुको नाम समावेश गरेर मन्त्री नियुक्त गर्न प्रधानमन्त्रीले राष्ट्रपति कार्यालय पठाएका थिए ।

राष्ट्रपति कार्यालयद्वारा विज्ञप्ति अनुसार प्रधानमन्त्रीपछिको वरियताक्रममा गृहमन्त्री बालकृष्ण खाँण रहेका छन् । यसैगरी तेस्रो नम्वरमा कांग्रेसकै ज्ञानेन्द्रबहादु कार्की रहेकाछन् । त्यसपछि चौथौं नम्वरमा माओवादी केन्द्रकी पम्फा भुसाल रहेकी छिन् । त्यसपछि जसपाका राजेन्द्र श्रेष्ठ रहेका छन् भने एकीकृत समाजवादीका विरोध खतिवडा त्यसपछिको छैठौं नम्वर वरियतामा रहेका छन् ।

प्रधान्यायाधीस चोलेन्द्र शमशेर जबराका जेठान गजेन्द्र हमालको वरियता १९औं नम्वरमा रहेको छ । हमाल उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री बनेका छन् ।

स्वास्थ्य राज्यमन्त्री रहेका उमेश श्रेष्ठ प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा पुगेका छन् ।

प्रकाशित मिति : २२ आश्विन २०७८, शुक्रबार  ४ : ०५ बजे

मुआब्जा विवाद टुङ्गिएसँगै बिजलपुरा-बर्दिबास रेलमार्ग निर्माण सुरु

जनकपुरधाम । मुआब्जासम्बन्धी विवाद समाधान भएसँगै जयनगर-बर्दिबास अन्तर्गत १८ किलोमिटर

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको

बुटवलमा युनिगाइड कन्सल्टेन्सीको शाखा विस्तार

बुटवल । विदेश अध्ययन परामर्श सेवा प्रदान गर्दै आएको युनिगाइड

जोखिममा परेका बालबालिकालाई सहयोग

कालीकोट । कालीकोटको तिलागुफा नगरपालिकाले जोखिममा परेका बालबालिकालाई खाद्यान्न तथा