७ श्रावण २०८३, बिहिबार | July 23, 2026

गैरसांसदलाई मन्त्री : ‘लोकतन्त्र मास्ने षड्यन्त्र’



काठमाडौं । संविधानविद्, राजनीतिकर्मी तथा नागरिक समाजमा विभिन्न अगुवाहरूले प्रधानमन्त्री शेरबहादुर देउवाले गैरसांसदलाई मन्त्री बनाएर लोकतन्त्र मास्ने षड्यन्त्र गरेको बताएका छन् ।

देउवाले शुक्रवार मन्त्रिपरिषद्लाई पूर्णता दिने क्रममा प्रधानन्यायधीश चोलेन्द्रशमसेर जबराको कोटाबाट गैरसांसद रहेका राणाका जेठान गजेन्द्र हमाललाई मन्त्री बनाएपछि सर्वत्र विरोध भएको छ ।

प्रधानमन्त्रीको यस्तो कार्यले लोकतन्त्र समाप्त हुन सक्ने चेतावनी समेत नागरिक अगुवा र कानूनविद्हरूले दिएका छन् । प्रधानमन्त्री देउवाको सो कार्यको उनकै पार्टी कांग्रेसभित्र समेत तीव्र विरोध र आलोचना भएको छ ।

नेपाली कांग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री देउवाको सो कार्यको पार्टीकै वरिष्ठ नेताहरूले तीव्र विरोध गरेका हुन् । कांग्रेस नेताहरूले गैरसांसदलाई मन्त्री बनाउने कार्यको विरोध मात्रै गरेका छैनन्, आफ्नै सभापतिको त्यस प्रकारको गलत कार्यले लोकतन्त्र मासिन सक्ने खतरासमेत औंल्याएका छन् ।

नेपाली कांग्रेसका नेता शेखर कोइरालाले शुक्रवार एक कार्यक्रममा प्रधानमन्त्री देउवाले मन्त्रिपरिषदमा प्रधानन्यायाधीशलाई भाग दिएर लोकतन्त्र र प्रजातन्त्र समाप्त पार्ने खेल गरिरहेको आरोप लगाए ।

विराटनगरस्थित कोइराला निवासमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणालाई मन्त्रिपरिषदमा भाग दिएर शक्ति सन्तुलनको सिद्धान्त बिगारिएको र त्यसको प्रभाव लोकतन्त्र र प्रजातन्त्रमा पर्ने बताए ।

प्रधानन्यायाधीशलाई मन्त्रिमण्डलमा हिस्सा दिँदा व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाबीचको सन्तुलन समाप्त भएर जाने कोइरालाको दाबी छ । ‘व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाबीचको शक्ति सन्तुलन बिगारेर प्रधानमन्त्री देउवाले प्रजातन्त्र समाप्त पार्ने खेलमा लागेका छन्,’ कोइरालाले भने । आजको राजधानी दैनिकमा यो समाचार प्रकाशित छ ।

प्रकाशित मिति : २३ आश्विन २०७८, शनिबार  ६ : ३९ बजे

सुनचाँदीको मूल्य सामान्य वृद्धि

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य सामान्य वृद्धि भएको

प्रधानमन्त्री शाहले नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्दै

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले आज नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारी

विद्युत् व्यापारमा नेपालको कीर्तिमान, निर्यातबाट २९ अर्ब आम्दानी

काठमाडौं । नेपालले आर्थिक वर्ष २०८२/८३ मा सीमापार विद्युत् व्यापारबाट

सहुलियतपूर्ण कर्जाको ब्याज अनुदान कार्यविधि कार्यान्वयनमा

काठमाडौं । सरकारले सहुलियतपूर्ण कर्जामा प्रदान गरिँदै आएको ब्याज अनुदानसम्बन्धी

शिक्षामन्त्री पोखरेलले एजुकेसन कन्सल्टेन्सी सञ्चालकहरुसँग छलफल गर्दै

काठमाडौं । शिक्षा, विज्ञान तथा खेलकुद मन्त्रालयले शैक्षिक परामर्श (एजुकेसन