२७ माघ २०८२, मंगलबार | February 10, 2026

मुस्ताङमा स्याउ टिप्ने चटारो



जोमसोम । मुस्ताङका स्याउ बल्ल बजारमा जान थालेका छन् । स्याउ जोन मुस्ताङले जिल्लामा उत्पादित स्याउ असोज १ गतेबाट मात्र टिप्न पाइने नियम बनाएपछि अहिले मुस्ताङमा धमाधम स्याउ टिप्ने चटारो चलेको हो ।

मुस्ताङका अधिकांश बगैंचाका स्याउ किसानले ठेक्कामार्फत व्यापारीलाई बिक्री गर्छन् । व्यापारीले संकलन गरेका स्याउ पोखरा, काठमाडौं लगायतका स्थानमा बिक्री गर्ने गरेको कृषि ज्ञान केन्द्र मुस्ताङले जनाएको छ ।

कृषि ज्ञान केन्द्र मुस्ताङका कार्यालय प्रमुख प्रकाश बस्ताकोटीका अनुसार असोज महिना लागेपछि मुस्ताङका बगैंचामा यतिखेर धमाधम स्याउ टिप्ने र बजार ढुवानी गर्ने कार्य भइरहेको छ ।

कार्यालय प्रमुख बस्ताकोटीले गत वर्षको तुलनामा मुस्ताङमा ५ हजार १०० मेट्रिकटन स्याउ फलेको छ । समुद्री सतहदेखि २ हजार ५०० मिटरदेखि ३ हजार ८०० मिटर अग्लो उचाइको चिसो हावापानीमा उत्पादन गरिएको मुस्ताङको स्याउको माग शहरमा बढ्दो रहेको व्यापारीको भनाइ छ ।

विगतमा व्यापारीले स्याउको गुणस्तर वृद्धि नहुँदै तीज पर्वको मेलो छोपेर बजार पुर्‍याउने गर्थे । बोटमा नपाक्दै बजारमा बेच्न थालेपछि उपभोक्ताले स्याउको गुणस्तरमाथि प्रश्न उठाउने गरेका थिए ।

दशैं पर्वअगावै मुस्ताङको ७५ प्रतिशत स्याउ बिक्री हुने जनाइएको छ । मुस्ताङमा उत्पादित स्याउमध्ये १५ प्रतिशत स्याउ जिल्लाभित्रै खपत हुनेछ । १० प्रतिशत स्याउ स्याउ प्रशोधन गरी ब्रान्डी, वाइन, जुस र ड्राई स्याउको परिकार बनाइन्छ । केही स्थानीय तहमा यो वर्षदेखि कोल्ड स्टोरसमेत निर्माण भइसकेकाले बेमौसममा समेत पर्यटकले मुस्ताङको ताजा स्याउ चाख्न पाउनेछन् ।

स्याउ विकसित भएपछि स्याउको गुणस्तर वृद्धि हुनुका साथै स्याउको स्वादमा रसिलो र स्वादिष्ट हुने भएकाले पछिल्लो समय मुस्ताङका किसान तथा व्यापारीलाई असोजअगावै स्याउ टिप्न प्रतिबन्ध गरिएको थियो ।

मुस्ताङमा स्याउ टिप्ने मिति शुरू भएसँगै असोज १ गतेदेखि मुस्ताङको टुकुचे, सौरु, कोवाङ, मार्फा, चिवाङ, छैरो, स्याङ, जोमसोम, ठिनी, ढुम्बा, कागबेनी तिरी फल्याक, झोङ, मुक्तिनाथ, ताङ्वे, छुसाङ र चैलेलगायतका स्थानमा किसानले उत्पादन गरेको स्याउ बगैंचाबाट धमाधम टिप्ने र बजार पुर्‍याउने कार्य भइरहेको छ । आजको अन्नपूर्ण पोस्ट दैनिकमा सुन्दरकुमार थकालीले यो समाचार लेखेका छन ।

प्रकाशित मिति : २३ आश्विन २०७८, शनिबार  ७ : ०१ बजे

प्रहरी हवल्दारको हत्याको अभियोगमा तीन जना पक्राउ, चार जना फरार

दार्चुला । दार्चुलामा जनपद प्रहरीका हवल्दारको हत्या घटनामा संलग्न रहेको

नेपाली सेनालाई पाकिस्तानमा स्वर्ण पदक

काठमाडौं । नेपाली सेनाले पाकिस्तानमा आयोजित नवौँ पाकिस्तान आर्मी स्पिरिट

मतदाताले गोकर्णलाई भन्छन्, ‘बाआमाको जस्तै छातीभरि हजुरको तस्विर छ’

गुल्मी । नेकपा एमालेका उपाध्यक्ष गोकर्ण बिष्ट विकासप्रेमी नेताको छविका

नवलपुर-२ का मतदाता भन्छन् : चुनावी बाचा अझै अधुरै छन्

नवलपुर । प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिँदै गर्दा नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का

तामाकोशी बस दुर्घटना अपडेट : ज्यान गुमाउनेको संख्या ९ पुग्यो

काठमाडौं । काठमाडौंको कोटेश्वरबाट ओखलढुंगातर्फ जाँदै गरेको यात्रुवाहक बस मंगलबार