५ पुस २०८२, शनिबार | December 20, 2025

डाउनटाउनले बुटवल माविलाई ११ थान पंखा वितरण



बुटवल । बुटवल माविलाई रोटरी क्लब अफ डाउनटाउनले पंखा वितरण गरेको छ ।

विद्यालयमा अध्ययरत विद्यार्थीहरुलाई कक्षाकोठामा पंखा नहुदा समस्या भएको गुनासो आएपछि रोटरी क्लब अफ बुटवल डाउनटाउन पदाधिकारीहरुले आर्थिक जुटाएर करीब २५ हजार रुपैया मूल्य बराबरको ११ थान पंखा हस्तान्तरण गरिएको क्लबका अध्यक्ष जबिन कक्षपतिले बताए ।

रोटरीले शिक्षा, स्वस्थ्य, खानेपानी, वातावरण जस्ता समुदाय विकासका सात फोकस क्षेत्रमा काम गर्दै आएको उनले बताए ।
एक कार्यक्रमका बिच एजि जीवन अधिकारी, क्लबका अध्यक्ष जबिन कक्षपति, उपाध्यक्ष शिव ज्ञवालीले विद्यालयका प्रधानाध्यापक घनश्याम गौतम, शिक्षक यज्ञ सापकोटालाई पंखा हस्तान्तरण गरेका थिए ।

विद्यालयमा ४ सय ७५ जना विद्यार्थीहरु अध्ययनरत छन भने २२ जना शिक्षकहरु छन । विद्यालयको शैक्षिक सुधारका लागि विभिन्न अगुवाहरुबाट गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई अध्ययनसंगै अन्य आर्थिक सहयोग गर्दै आएका छन ।

प्रकाशित मिति : २३ आश्विन २०७८, शनिबार  ८ : ०७ बजे

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता

चिनियाँ पर्यटक लक्षित जनशक्ति विकासका लागि सातौँ संस्करणको भाषा तालिम

काठमाडौं । नेपालमा चिनियाँ पर्यटक लक्षित जनशक्ति उत्पादनका लागि सञ्चालन

तोडिएका ठेक्काको तत्काल टेण्डर गरौं : मन्त्री घिसिङ

काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र

आजको मौसम : सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने

काठमाडौँ । हाल कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी र