१३ बैशाख २०८१, बिहिबार | April 26, 2024

सरकार विस्तार गर्दा महत्वपूर्ण साथी छुटेकोमा दु:ख लागेको छ : प्रधानमन्त्री देउवा



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार विस्तार गर्दा महत्वपूर्ण साथीहरु छुटेकोमा दुःख लागेको बताएका छन् ।

कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले सरकार विस्तार गर्दा महत्त्वपूर्ण नेताहरू छुटे पनि आगामी दिनमा उनीहरुलाई समेट्ने प्रतिवद्धता जनाएका छन् ।

शनिबार बिहान बालुवाटारमा स्कुल अफ डेमोक्रेसीद्वारा आयोजित विश्वेश्वरप्रसाद कोइराला शताब्दी सन्दर्भ पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले भने, ‘हिजोमात्र हामीले मन्त्रिपरिषद्लाई पूर्णता दिएका छौं । आगामी दिनमा साथीहरूलाई समेटिनेछ ।’ उनले पार्टीभित्रका महत्वपूर्ण व्यक्तित्वहरुलाई समावेश गर्न नसक्नु बाध्यता भएको जनाए । उनले गठबन्धन सरकार भएका कारण सबैलाई समेटन् नसकेको जिकिर गरे । अन्य पार्टीहरुमा पनि उस्तै समस्या रहेको देउवाले बताए ।

गत असार २९ गते प्रधानमन्त्रीमा नियुक्त भएका देउवाले ८८ दिनपछि मात्र शुक्रबार मन्त्रिपरिषद् विस्तार गरेका थिए । तर, मन्त्रिपरिषद् विस्तार गर्दा प्रधान
न्यायाधीस चोलेन्द्र शमशेर जबरालाई समेत भाग छुट्याउन परेपछि उनको र प्रधानन्यायाधीस जबराको सर्बत्र आलोचना भैरहेको छ । देउवाले कांग्रेसका साधारण सदस्य रहेका गेजन्द्र हमाललाई उद्योग मन्त्री बनाएका छन् । हमाल प्रधानन्यायाधीस जबराका जेठान हुन् ।

 

प्रकाशित मिति : २३ आश्विन २०७८, शनिबार  ११ : ०७ बजे

टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न सर्वोच्च अदालतबाट अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न

बजारमा निम्न गुणस्तरको वाईवाई चाउचाउ, चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौँ महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

पूर्वमन्त्री आलमलाई जन्मकैदको सजाय

काठमाडौं । पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय भएको छ

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम