२५ चैत्र २०८२, बुधबार | April 8, 2026

सरकार विस्तार गर्दा महत्वपूर्ण साथी छुटेकोमा दु:ख लागेको छ : प्रधानमन्त्री देउवा



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार विस्तार गर्दा महत्वपूर्ण साथीहरु छुटेकोमा दुःख लागेको बताएका छन् ।

कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले सरकार विस्तार गर्दा महत्त्वपूर्ण नेताहरू छुटे पनि आगामी दिनमा उनीहरुलाई समेट्ने प्रतिवद्धता जनाएका छन् ।

शनिबार बिहान बालुवाटारमा स्कुल अफ डेमोक्रेसीद्वारा आयोजित विश्वेश्वरप्रसाद कोइराला शताब्दी सन्दर्भ पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले भने, ‘हिजोमात्र हामीले मन्त्रिपरिषद्लाई पूर्णता दिएका छौं । आगामी दिनमा साथीहरूलाई समेटिनेछ ।’ उनले पार्टीभित्रका महत्वपूर्ण व्यक्तित्वहरुलाई समावेश गर्न नसक्नु बाध्यता भएको जनाए । उनले गठबन्धन सरकार भएका कारण सबैलाई समेटन् नसकेको जिकिर गरे । अन्य पार्टीहरुमा पनि उस्तै समस्या रहेको देउवाले बताए ।

गत असार २९ गते प्रधानमन्त्रीमा नियुक्त भएका देउवाले ८८ दिनपछि मात्र शुक्रबार मन्त्रिपरिषद् विस्तार गरेका थिए । तर, मन्त्रिपरिषद् विस्तार गर्दा प्रधान
न्यायाधीस चोलेन्द्र शमशेर जबरालाई समेत भाग छुट्याउन परेपछि उनको र प्रधानन्यायाधीस जबराको सर्बत्र आलोचना भैरहेको छ । देउवाले कांग्रेसका साधारण सदस्य रहेका गेजन्द्र हमाललाई उद्योग मन्त्री बनाएका छन् । हमाल प्रधानन्यायाधीस जबराका जेठान हुन् ।

 

प्रकाशित मिति : २३ आश्विन २०७८, शनिबार  ११ : ०७ बजे

चितवनबाट बुटवल ल्याइएको बोडीमा उच्च विषादी, १२० केजी नष्ट

बुटवल । बुटवलस्थित बुटवल कृषि उपज थोक बजार केन्द्रमा बिक्रीका

बुटवल प्रहरीको ‘अपरेसन साइलेन्ट स्ट्रिट’ अभियान : १३ ओटा मोटरसाइकल ग्यारेजमा सचेतना सुरु (फोटो फिचरसहित)

बुटवल । बुटवल प्रहरीले सञ्चालन गरेको ‘अपरेसन साइलेन्ट स्ट्रिट’ अभियान

देउवा दम्पत्तिविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी एवं पूर्वमन्त्री

‘राष्ट्रिय एकता कायम राख्न नेपाली सेना सदैव अग्रसर छ’

तनहुँ । प्रधानसेनापति अशोकराज सिग्देलले राष्ट्रिय एकता कायम राख्न नेपाली

लायन्स क्लब अफ बुटवलको अध्यक्षमा दिनेश कुमार प्रधान

बुटवल । लायन्स क्लब अफ बुटवलको सम्पन्न अधिवेशनबाट आगामी कार्यकाल