१४ बैशाख २०८१, शुक्रबार | April 26, 2024

‘समृद्ध प्रदेश र आत्मनिर्भर प्रदेशबासी’को नारा साकार पार्न उद्योग व्यापार मैत्री वातावरण बनाउँछौं : मुख्यमन्त्री केसी



बुटवल । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री कुलप्रसाद केसी ‘सोनाम’ ले लुम्बिनी प्रदेश सरकारको समृद्ध लुम्बिनी र आत्मनिर्भर प्रदेशबासीको नारालाई साकार पार्नका लागि प्रदेश सरकारले उद्योग व्यापार मैत्री वातावरण बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

उद्योग व्यापार संगठन तिलोत्तमाको ७ औं साधरण सभा एवं चौथो अधिवशेनको उदघाटन् गर्दै मुख्यमन्त्री केसीले प्रदेशवासीको जीवनलाई समृद्ध बनाउनको लागि उद्योगको तथा व्यापार र क्षेत्रको महत्पूर्ण योगदान आवश्यक रहेको बताए । सरकारले उद्योग मैत्री नीति निर्माण गरी प्रदेश समृद्धिको यात्रालाई अगाडि बढेको बताउँदै उनले प्रदेशमा लगानी मैत्री वातवरण बनाउन सरकार प्रतिवद्धत रहेको भएको बताए ।

उनले सरकारको मुख्य कार्यभार भनेको लगानी मैत्री वातावरणको निर्माण गर्नु रहेको उल्लेख गर्दै प्रदेशबासी जीवनलाई आमूल परिवर्तन गर्नु सरकारको सरकारको पहिलो प्राथमकिता रहेको बताए ।

मुख्यमन्त्री केसीले लुम्बिनी प्रदेश सरकारले पछिल्लो चरणमा ल्याएकोे बजेट उद्योग मैत्री रहेको दाबी गर्दै सबै उद्योग व्यावसायीहरुलाई ढुक्क भएर लगानी गर्न आग्रह गरे । उनलेले राजनीतिक संकट र कोभिडको संक्रमणबाट थलिएको लुम्बिनी प्रदेश र सिङ्गो नेपाल अब विस्तारै समृद्धि र सहजतातिर अगाडि बढेको सपष्ट पारे ।

कोभिडबाट थलिएको व्यापार र उद्योग क्षेत्रलाई उत्थान गर्नका लागि विद्युत महसुल, राजश्वमा छुट दिन सकिने बताउँदै उनले सरकारले प्रदेश बैंक स्थापना गरि नयाँ नमूना कार्य गर्ने र जनताको रोजगार र उपचार शिक्षालाई पहिलो प्राथमिकता दिएको जानकारी दिए ।

 

प्रकाशित मिति : २३ आश्विन २०७८, शनिबार  ११ : ४९ बजे

दुग्ध विकास संस्थानद्वारा किसानलाई ४८ करोड भुक्तानी

काठमाडौं । दुग्ध विकास संस्थान (डिडिसी)ले किसानलाई रु ४८ करोड

काठमाडौंमा फेरी बढ्यो वायु प्रदूषण

काठमाडौं । काठमाडौं उपत्यकाको वायु प्रदूषण फेरी अब्धेको छ ।

बुटवलमा हुने हाफ् म्याराथन प्रतियोगिताको आवेदन खुला

बुटवल । जननेता मदन भण्डारीको ३१ औं स्मृति दिवस पारेर

पाकिस्तानी दूतावासद्वारा नेपाली विद्यार्थीहरुलाई एम्बेसडर अफ पाकिस्तान छात्रवृत्ति प्रदान

काठमाडौं । नेपालस्थित पाकिस्तानी राजदूतावासले नेपालका विभिन्न सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई

लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै

काठमाडौं । मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर कलकारखाना, उद्योगधन्दा स्थापनालगायत