२१ माघ २०८२, बुधबार | February 4, 2026

धनुषामा एकै परिवारका तीन जना मृत फेला



जनकपुरधाम । धनुषामा एकै परिवारका तीन जना मृत अवस्थामा फेला परेका छन् ।

धनुषाको नगराईन नगरपालिका-४ लगमा बस्ने गुरुदेव साहकी श्रीमती गुडियादेवी साह, ५ वर्षीय छोरा अभिषेक र ३ वर्षीय छोरा आदित्य साह आफ्नै घरमा मृत अवस्थामा फेला परेका हुन् ।

घरको आर्थिक अवस्था कमजोर रहेको गुरुदेव दैनिक मजदुरी गरेर गुजारा गर्दै आएका छन् । मजदुरीकै कामको लागि जनकपुरमा रहेका श्रीमान गुरुदेवलाई शुक्रवार साँझ गुडियाले फोनमार्फत कुराकानी गरेकी थिइन् । केही वर्षअघि प्रेम विवाह गरेकी गुडियाललाई माइती पक्षले अझै स्वीकार गरेका थिएन ।

घटना के कारणले भएको अहिलेसम्म नखुलेको बताउँदै जिल्ला प्रहरी कर्यालयका प्रवक्ता डीएसपी जितेन्द्र बस्नेतले पारम्भिक अनुसन्धानमा महिला आफैले नबालक छोराको हत्या गरी आफूले आत्महत्या गरेको हुनसक्ने देखिएको बताए ।

श्रीमान श्रीमतीबीच कुनै विवाद नरहेको र घरमा वृद्ध सासु ससुरामात्रै रहेकोले पनि विभिन्न कोणबाट घटनाको अनुसन्धान भइरहेको उनले बताए । मृतक महिलाको शव पंखामा झुण्डिएको अवस्थामा भेटेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २३ आश्विन २०७८, शनिबार  ३ : १७ बजे

विसं २०८३ को पात्रो (पञ्चाङ्ग) फागुन २ गतेदेखि बजारमा आउने

काठमाडौं । विसं २०८३ को पात्रो (पञ्चाङ्ग) आगामी फागुन २

‘सम्पदा संरक्षण र पर्यटन प्रवर्द्धन’ काठमाडौं-८ का उम्मेदवारको मुख्य मुद्दा

काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौं निर्वाचन क्षेत्र

अस्थायी मतदाताका निम्ति बाँकेमा तीन केन्द्र

नेपालगन्ज । जिल्ला निर्वाचन कार्यालयले अस्थायी मतदाताका लागि तीन मतदान

सुनचाँदीको मूल्य फेरि बढ्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य फेरि बढेको छ

भिरबाट लडेर निर्वाचन प्रहरीको मृत्यु

बैतडी । बैतडीमा एक जना निर्वाचन प्रहरीको भिरबाट लडेर मृत्युु