१ श्रावण २०८३, शुक्रबार | July 17, 2026

घाँटी रेटेर युवकको हत्या



जनकपुरधाम । प्रदेश नम्बर २ को राजधानी जनकपुरमा एक युवकको घाँटी रेटेर हत्या भएको छ । नेपाल भारतको सीमावर्ती क्षेत्र धनुषाको नगराइन नगरपालिाकामा सिरहा जिल्लाको मिर्चैया नगरपालिका–८ बस्ने २८ वर्षीय संजिज पण्डितको घाँटी रेटेर हत्या गरिएको हो ।

पण्डितको शव धनुषाको नगराईन नगरपालिका–५ स्थित गंगुलीबाट देवडिहा जाने बाटो घाँटी रेटेर हत्या गरिएको अवस्थामा आइतबार बिहान फेला परेको प्रहरीले जनाएको छ ।

शनिबार राति नै कसैले घाँटी रेटेर पण्डितको हत्या गरेको हुन सक्ने धनुषा प्रहरीले अनुमान गरेको छ । आइतबार बिहान स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेपछि प्रहरीले घटना स्थलमा पुगि अनुसन्धान थालेको धनुषा प्रहरी प्रमुख प्रहरी उपरीक्षक प्रकाश राना भाटले बताए

प्रहरी घटनास्थल पुगेर मुचुल्का गरी शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल ल्याएको छ । मृतक पण्डितको ससुराली धनुषाको पौडेश्वरमा रहेको एसपी रानाभाटले बताए ।

घटनाको सम्बन्धमा पीडित परिवारजनहरूसँग जानकारी लिने काम भइरहेको र मृतकको मोबाइलसमेत बरामद भएकोले त्यसको आधारमा घटनाको अनुसन्धान अगाडी बढाइएको उनले बताए ।

प्रकाशित मिति : ३१ आश्विन २०७८, आइतबार  ३ : ५८ बजे

सिन्धुपाल्चोकमा १३६ मिलीमिटर वर्षा यस्तो छ अन्यत्रको विवरण

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज पनि

उच्च अदालतका ५० र जिल्लाका १५७ न्यायाधीश सरूवा (सूचीसहित)

काठमाडौँ । न्यायपरिषद्को आज बसेको बैठकले उच्च अदालतका ५० र

रोटरी क्लब अफ बुटवल डाउनटाउनको पदस्थापना

बुटवल बुधबार एक कार्यक्रमका बिच कार्यक्रमको उद्घाटन गर्दै रोटरी ईन्टरनेशनल

कर्णालीका मुख्यमन्त्री कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

सुर्खेत । कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको

तेस्रो अन्तरराष्ट्रिय आदिवासी मातृभाषा पत्रकारिता सम्मेलन हुँदै

काठमाडौँ । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) को आयोजना