७ बैशाख २०८१, शुक्रबार | April 19, 2024

रुपन्देहीको सैनामैनामा सवारी दुर्घटना



बुटवल । रुपन्देहीको सैनामैनामा सवारी दुर्घटना भएको छ ।

पुर्व-पश्चिम राजमार्ग अन्तर्गत सैनामैना वडा न. ९ पिपलडाडाँ नजिक बस र कार एकआपसमा ठोक्किएको इलाका प्रहरी कार्यालय सालझण्डीका प्रहरी निरीक्षक दिवाकर रिजालले जानकारी दिएका छन् ।

दिउँसो ३ बजे भएको सो दुर्घटनाबाट कुनै मानवीय क्षति नभएको तर भौतिक क्षति भने भएको सालझण्डी प्रहरीले जनाएको छ ।

घटनासम्बन्धी थप अनुसन्धान अघि बढेको छ भने कार र बसका चालक प्रहरीले नियनन्त्रणमा लिएको छ । चालक र सहचालक बाहेक बसमा ४ जना यात्रु र कारमा चालक मात्र सवार थिए ।

पछिल्लो समय सैनामैना क्षेत्रमा निरन्तर दुर्घटना भैरहेकोछ । साँघुरो सडक, तिव्रगति, ट्राफिक व्यवस्थापन प्रभावकारी नहुदाँ दिनाँहु जसो दुर्घटनाबाट नागरिकको अकालमा ज्यान गएको स्थानीय बताउँछन् । यसप्रति सम्बन्धित निकाय संवेदनशील नभए सैनामैना दुर्घटनाको हव बन्ने उनीहरुको भनाइ छ ।

 

प्रकाशित मिति : २३ आश्विन २०७८, शनिबार  ४ : ३६ बजे

एकीकृत समाजवादीले सदस्यताको प्रमाणीकरण गर्दै

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले महाधिवेशन प्रतिनिधि चयन गर्न पार्टीका

काठमाडौंमा कक्षा १२ को परीक्षाका केन्द्रहरू स्वचालित विधिबाट तोकियो

काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र राष्ट्रिय परीक्षा बोर्डको

धनुषामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

धनुषा । धनुषामा मोटरसाइकलको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ

सुनको भाउ हालसम्मकै उच्च विन्दुमा, आज कति छ ?

काठमाडौं । नेपाली बजारमा सुनको मुल्य बढेको छ । नेपाल

हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना

काठमाडौं । आइपिएल टिम मुम्बई इन्डियन्सका कप्तान हार्दिक पाण्ड्यालाई १२