२२ बैशाख २०८३, मंगलबार | May 5, 2026

रुपन्देहीको सैनामैनामा सवारी दुर्घटना



बुटवल । रुपन्देहीको सैनामैनामा सवारी दुर्घटना भएको छ ।

पुर्व-पश्चिम राजमार्ग अन्तर्गत सैनामैना वडा न. ९ पिपलडाडाँ नजिक बस र कार एकआपसमा ठोक्किएको इलाका प्रहरी कार्यालय सालझण्डीका प्रहरी निरीक्षक दिवाकर रिजालले जानकारी दिएका छन् ।

दिउँसो ३ बजे भएको सो दुर्घटनाबाट कुनै मानवीय क्षति नभएको तर भौतिक क्षति भने भएको सालझण्डी प्रहरीले जनाएको छ ।

घटनासम्बन्धी थप अनुसन्धान अघि बढेको छ भने कार र बसका चालक प्रहरीले नियनन्त्रणमा लिएको छ । चालक र सहचालक बाहेक बसमा ४ जना यात्रु र कारमा चालक मात्र सवार थिए ।

पछिल्लो समय सैनामैना क्षेत्रमा निरन्तर दुर्घटना भैरहेकोछ । साँघुरो सडक, तिव्रगति, ट्राफिक व्यवस्थापन प्रभावकारी नहुदाँ दिनाँहु जसो दुर्घटनाबाट नागरिकको अकालमा ज्यान गएको स्थानीय बताउँछन् । यसप्रति सम्बन्धित निकाय संवेदनशील नभए सैनामैना दुर्घटनाको हव बन्ने उनीहरुको भनाइ छ ।

 

प्रकाशित मिति : २३ आश्विन २०७८, शनिबार  ४ : ३६ बजे

योगशिविरमा जुम्ला पुगेका चिकित्सकले शल्यक्रिया गरेपछि

जुम्ला । यहाँस्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जटिल किसिमको टाउकोको

प्रधानमन्त्रीलाई हर्क साम्पाङका कडा प्रश्न – सीमा, सुशासन र बजेटमा जवाफ माग

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री बालेन्द्र

‘शिक्षालय र कर्मचारीतन्त्रमा राजनीति निषेध’ : पेशागत स्वतन्त्रता सुदृढ गर्ने प्रधानमन्त्रीको दाबी

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले शिक्षालय र कर्मचारीतन्त्रमा दलगत प्रभाव

पाथीभरा मन्दिर क्षेत्रमा अब फोरजी सेवा सञ्चालन

ताप्लेजुङ । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर क्षेत्रमा दर्शनार्थीहरूलाई सञ्चार

विश्वकप लिग-२ को अन्तिम खेल आज : नेपाल र ओमान आमनेसामने

काठमाडौं । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेपाल, ओमान