४ पुस २०८२, शुक्रबार | December 19, 2025

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गजेन्द्र हमालद्वारा पदबाट राजीनामा



काठमाडौं । दुई दिनअघि मात्र नियुक्त भएका उद्योग वाणिज्य एवं आपूर्तिमन्त्री गजेन्द्र हमालले राजीनामा दिएका छन् ।

हमालमाथि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको कोटाबाट मन्त्री बनेको आरोप लागेपछि उनले पदबाट राजीनामा दिएका हुन् । हमालले आज बिहान प्रधानमन्त्री शेरबहादुर देउवालाई राजीनामा बुझाएका छन् । हमालले राजीनामा दिएर बालुवाटारबाट फर्किसकेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

नेपाली कांग्रेसका क्रियाशील सदस्य मात्र रहेका हमाललाई सांसद नभएपनि प्रधानमन्त्री देउवाले मन्त्री बनाएका थिए । तर, प्रधानन्यायाधीस जबराको सिफारिसमा उनलाई मन्त्री बनाइएको भन्दै सत्तारुढ दलकै नेताहरुबाट समेत विरोध भएको थियो । यस्तै, पूर्वन्यायाधीसहरु, कानूनव्यवसायीहरु, राजनीतिक दलका नेताहरु र नागरिक समाजबाट चर्को आलोचना गरेका छन् ।

जबराका जेठान रहेका हमाललाई जेठान मन्त्री भन्दै व्यंग गर्न सुरु गरिएको थियो । मन्त्रालय भागवण्डा गर्दा प्रधानन्यायाधीस जबराले कोटा मागेको र सो कोटामा आफ्ना जेठानलाई पठाएको आरोप लागेको थियो ।

प्रकाशित मिति : २४ आश्विन २०७८, आइतबार  ९ : ५९ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको