३ कार्तिक २०८३, मंगलबार | October 20, 2026

साफ च्याम्पियनसिप : नेपाल भारतसँग पराजित, फाइनल प्रवेशका लागि अर्को खेल कुर्नुपर्ने



काठमाडौं । अघिल्ला दुई खेलमा सानदार जित निकालेको नेपाल पुरुष साफ च्याम्पियनसिप फुटबलको तेस्रो खेलमा भने भारतसँग पराजित भएको छ । माल्दिभ्सको मालेस्थित राष्ट्रिय रंगशालामा भएको तेस्रो खेलमा नेपाल भारतसँग १-० गोल अन्तरले पराजित भएको हो ।

७ पटकको च्याम्पियन भारतको जितमा कप्तान सुनिल क्षेत्रीले निर्णायक गोल गरे । क्षेत्रीले खेलको ८३ मिनेटमा गोल गरेका थिए । फारुख चौधरीले सिक्स यार्ड बक्सबाट मिलाएको हेडिङ पासलाई सिक्स यार्ड बक्समा अनमार्क रहेका क्षेत्रीले वान टचमा गोल गरेका हुन् ।

जितसँगै भारत उपाधि होडमा यथावत रहेको छ । यदि नेपालविरुद्धको बराबर तथा हारले भारत प्रतियोगिताबाट बाहिरिने अवस्थामा पुगेको थियो ।

भारतबिरुद्द नेपालले रक्षात्मक खेल खेल्दै काउण्टरमा ध्यान दिएको थियो । पहिलो हाफमा भारतले नेपाललाई पुर्ण रुपमा दबाबमा राखेपनि गोल भने गर्न सकेको थिएन । दोस्रो हाफमा समेत दबाब बनाएको भारत गोल गर्न सफल रहेको थियो ।

यस अघि भारतले केहि राम्रो अवसर बनाएपनि गोल गर्न भने सफल भएन । खेलको ३३ मिनेटमा भारतले सुन्दर मौका गुमायो । मिडफिल्डर सुरेशको क्रसलाई सिक्सयार्ड बक्सबाट कप्तान सुनिल क्षेत्रीले बाहिर प्रहार गरे । नेपाली कप्तान तथा गोलरक्षक किरणले छोडेको बललाई सिक्स यार्डबक्सबाट सुनिलले बाहिर प्रहार गरेका थिए ।

खेलको ५५ मिनेटमा भारतका मिडफिल्डर ब्रेन्डम फर्नान्डेजले पाएको फ्रिकिक सदुपयोग गर्न सकेनन् । दिनेश राजबंशीले २५ यार्डमा सुनिल क्षेत्रीलाई फल गरेपछि पाएको प्रिकिकलाई बे्रन्डमले बाहिर प्रहार गरे ।

खेलको ५६ मिनेटमा भारतले अर्को प्रयासमा नेपाली गोलरक्षक किरण कुमार लिम्बू बाधक बने । मानबिर सिंहले पेनाल्टी एसियाबाट हानेको हेडिङ गोलरक्षक किरणले उत्कष्ट पन्च गरि बाहिर फ्याले ।

यस्तै खेलको ७६ मिनेटमा भारतका सुभासिस बोसको हेडिङ पुनः कप्तान किरणले आफ्नो पञ्जामा पारे । भारतबिरुद्द नेपाली टोलीको कप्तानी गोलरक्षक किरण कुमार लिम्बुले गर्दा तीन खेलाडी परिवर्तन भएको थियो । पछिल्लो श्रीलंकाविरुद्ध खेलेका नवयुग श्रेष्ठ, अन्जन बिस्ट र विशाल राई बेन्चमा रहदा मनिष डांगी, सुजल श्रेष्ठ र दिनेश राजबंशीले स्थान बनाएका थिए ।

यस अघि उद्घाटन खेलमा माल्दिभ्सबिरुद्द निर्णायक गोल गरेका मनिषलाई प्रशिक्षक अब्दुल्लाहले स्ट्राइकरको भुमिका दिएका हुन् । अघिल्ला दुबै खेलमा मनिषले बैकल्पिक खेलाडीको रुपमा खेलेका थिए ।

नेपाल भारतलाई पराजित गर्दै पहिलो पटक साफ फाइनलमा पुग्ने दाउमा थियो । हारसँगै नेपालले अन्तिम खेलमा बंगलादेशसँग फाइनल प्रवेशका लागि खेल्नेछ । जुन खेल नेपालको लागि निनकै महत्वपूर्ण हुनेछ । जितले नेपाल फाइनल पुग्नेछ भने हारले प्रतियोगिताबाट बाहिरिनेछ ।

साफमा पहिलो हारसँगै नेपालको ३ खेलबाट ६ अंक रहेको छ । नेपाल अंक बराबर भएपनि दोस्रो स्थानमा रहेको छ । पहिलो स्थानमा माल्दिभ्स छ । यस्तै प्रतियोगितामा पहिलो जित निकालेको भारत ३ खेलबाट ५ अंक सहित तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । एक खेल बाकी रहँदा भारतको समेत फाइनल पुग्ने सम्भावना बाकी रहेको छ ।

यस अघि आजनै भएको पहिलो खेलमा श्रीलंकालाई पराजित गर्दै आयोजक माल्दिभ्स दोस्रो स्थानमा उक्लिएको छ । ४ खेलबाट १ अंक जोडेको श्रीलंका प्रतियोगिताबाट बाहिरिएको छ ।

प्रकाशित मिति : २५ आश्विन २०७८, सोमबार  ६ : ३३ बजे

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौं । आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

‘एनपिएल’का सबै खेलमा ‘डिआरएस’ लागू हुने, खेल समय हेरफेर

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणमा डिसिजन

दुई दिनमा सशस्त्रले दियो एक हजारभन्दा बढीलाई निःशुल्क बस सेवा

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालले दशैंका लागि लक्षित गरी

खाना स्वाद मात्र होइन नेपाली संस्कृति पनि होः वरिष्ठ सेफ केसी

काठमाडौँ । खाना जिब्रोको स्वादका लागि मात्र नभएर शारीरिक स्वास्थ्यका