७ श्रावण २०८३, बिहिबार | July 23, 2026

एमाले १० औं महाधिवेशन: केपी र घनश्यामबीच प्रतिस्पर्धा



काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का उपमहासचिव घनश्याम भुसालले अगामी १० औं महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने संकेत गरेका छन् ।

विजया दशमी, दिपावली, छठलगायतका चाडपर्वका अवसरमा पत्रकारसँग आइतबार काठमाडौंमा भेटघाट गर्दै उपमहासचिव भुसालले पार्टीको १० औं महाधिवेशनमा अध्यक्षमा उम्मेवारी दिने संकेत गरेका हुन् ।

‘हाम्रो पार्टीको विधानमै स्पष्ट व्यवस्था छ । केन्द्रीय कमिटीको पदाधिकारी भइसकेको व्यक्ति अध्यक्षमा उम्मेदवारी दिन पाउँछ,’ उनले भने ।

हालै सम्पन्न एमालेको विधान महाधिवेशनले ७० वर्षे उमेर हदम्यादको व्याख्या गर्दै अध्यक्ष केपी शर्मा ओलीलाई पुनः अध्यक्ष हुन सहज हुनेगरी विधान संशोधन गरेको छ ।

एमालेभित्र ‘१० भाइ’ भनेर चिनिने नेतामध्येका एक उपमहासचिव भुसाल पनि हुन् । वैचारिक नेताका रूपमा समेत चिनिने उपमहासचिव भुसाल महाधिवेशनमा ओलीसँग प्रतिस्पर्धा गर्न आन्तरिक तयारीमा समेत जुटिसकेका छन् ।

एमालेको १० औं महाधिवेशन अगामी १०-१३ मंसिरमा बुटवलमा हुने निर्णय भइसकेको छ । हालै सम्पन्न प्रथम विधान महाधिवेशनले पार्टीको विधान संशोधनसहित पारित गर्दै महाधिवेशनको मितिसमेत टुंगो लगाइसकेको छ ।

राष्ट्रिय महाधिवेशनले एमालेको नयाँ नेतृत्व चयन गर्नेछ । विधान महाधिवेशनबाट एमालेका पदाधिकारीसहित कमिटीहरूको संख्या र आकार निर्धारण भइरहेको छ । सम्पन्न विधान महाधिवेशनले १५ सदस्यीय पदाधिकारी रहने निर्णय गरेको छ । पदाधिकारीमा १ अध्यक्ष, वरिष्ठ उपाध्यक्षसहित ५ उपाध्यक्ष, १ महासचिव, १ उपमहासचिव र सात सचिवसहित २ सय २५ सदस्यीय केन्द्रीय कमिटी हुने विधान पारित भएको छ ।

उता आइतबार आयोजित एक कार्यक्रमबीच महासचिव ईश्वर पोखरेलले अध्यक्ष ओली अध्यक्षमा उम्मेदवार भएको अवस्थाबाहेक आफू पनि अध्यक्षमा उम्मेदवारी दिने बताएका छन् । यसअघि नै अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका पोखरेलले ओली उम्मेदवार नभएको अवस्थामा आफू उम्मेदवार हुने बताइसकेका छन् ।

आगामी महाधिवेशनमा आफूले महासचिव पदमा पुनः उम्मेदवारी नदिने उनले बताए । तेस्रोपटक महासचिव नहुने बताउँदै उनले भने, ‘तेस्रो चोटि महासचिव हुन्न । विधानले पनि दिँदैन । मेरा व्यक्तिगत चाहनाले पनि दिँदैन ।’

आउँदो महाधिवेशनबाट पनि पार्टी अध्यक्षमा ओलीलाई नै निरन्तरता पाउने संकेत उनले गरेका छन् । राष्ट्रिय राजनीति दुई ध्रुवमा विभाजित भएको उल्लेख गर्दै एमालेले नेतृत्व गरेको त्यो ध्रुवलाई सुदृढ बनाउन आगामी महाधिवेशनमा पनि ओलीलाई नै पार्टीको अध्यक्ष बनाउनुपर्ने संकेत उनले गरे । आजको राजधानी दैनिकमा सुभाष साहले यो समाचार लेखेका छन ।

प्रकाशित मिति : २५ आश्विन २०७८, सोमबार  ७ : ०६ बजे

सुनचाँदीको मूल्य सामान्य वृद्धि

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य सामान्य वृद्धि भएको

प्रधानमन्त्री शाहले नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्दै

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले आज नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारी

विद्युत् व्यापारमा नेपालको कीर्तिमान, निर्यातबाट २९ अर्ब आम्दानी

काठमाडौं । नेपालले आर्थिक वर्ष २०८२/८३ मा सीमापार विद्युत् व्यापारबाट

सहुलियतपूर्ण कर्जाको ब्याज अनुदान कार्यविधि कार्यान्वयनमा

काठमाडौं । सरकारले सहुलियतपूर्ण कर्जामा प्रदान गरिँदै आएको ब्याज अनुदानसम्बन्धी

शिक्षामन्त्री पोखरेलले एजुकेसन कन्सल्टेन्सी सञ्चालकहरुसँग छलफल गर्दै

काठमाडौं । शिक्षा, विज्ञान तथा खेलकुद मन्त्रालयले शैक्षिक परामर्श (एजुकेसन