१९ माघ २०८२, सोमबार | February 2, 2026

रुपन्देही घटनाबारे संसदमा एमालेको आरोप : गोली हान्न पाइँदैन, जनता मार्न पाइँदैन भन्दै एमाले सांसदको नाराबाजी



काठमाडौं । सोमबार बसेको बसेको प्रतिनिधिसभाको बैठकमा एमाले सांसदहरुले ‘गोली हान्न पाइँदैन, जनता मार्न पाइँदैन’ भन्दै नाराबाजी गरेका छन् ।

चालू नवौँ अधिवेशनको पहिलो बैठकदेखि नै एमाले सांसदहरूले नाराबाजी गर्दै आइरहेका छन् । सोमबार पनि रोष्ट्रम अगाडि उभिएर एमाले सांसदहरूले ‘देश लुट्न पाइँदैन, गोली हान्न पाइँदैन जनता मार्न पाइँदैन’ भन्दै नाराबाजी गरेका हुन् ।

हिजो आइतबार रुपन्देहीको बुटवल १७ मा निर्माणाधिन मोतिपुर औद्योगिक क्षेत्रमा  प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा ४ जनाको मृत्यु भएको थियो । सरकारले औद्योगिकरण गर्न खोजिएको जग्गा कर्णाली र लुम्बिनी प्रदेशका विभिन्न जिल्लाहरुबाट आएका मानिसहरुले हडप्न खोजेपछि प्रहरी र प्रदर्शनकारीबीच झडप भएको थियो ।

नाराबाजीका बीच सभामुख अग्निप्रसाद सापकोटाले बैठकमा कार्यसूचीमा प्रवेश गराएका छन् । आफ्नो पार्टीले कारबाही गरेका १४ सांसदमाथि कारबाहीको सूचना टाँस नगरेको भन्दै एमाले सांसदले सभामुख सापकोटाको विरोध गर्दै आएका छन् ।

प्रकाशित मिति : २५ आश्विन २०७८, सोमबार  २ : ५७ बजे

साफ महिला च्याम्पियनसिप : बङ्गलादेशसँग भारत पराजित

कास्की । पोखरा अन्तरराष्ट्रिय फुटबल रङ्गशालामा सञ्चालन भइरहेको १९ वर्षमुनिको

बालेन्द्र साहसहित २९ जना उम्मेदवारलाई सोध्यो आयोगले स्पष्टीकरण

काठमाडौं । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने थप नौ

नेप्सेमा झिनो अङ्कको सुधार

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार

राष्ट्रपति पौडेलसँग जापानका विदेश राज्यमन्त्रीले गरे शिष्टाचार भेट

काठमाडौं । जापानको चार दिने भ्रमणमा रहेका राष्ट्रपति रामचन्द्र पौडेलसँग

राष्ट्रियसभा : सदाचार नीति छिट्टै ल्याउन आग्रह

काठमाडौं । राष्ट्रिय सभाका सदस्यहरूले सदाचार नीति लागू हुन नसक्दा