१९ माघ २०८२, सोमबार | February 2, 2026

मोतिपुर झडपमा परी मृत्यु भएका परिवारलाई लुम्बिनी प्रदेश सरकारले एक/एक लाख रूपैयाँ दिने



बुटवल । रूपन्देहीको मोतिपुरमा प्रहरीसँगको झडपमा परी मृत्यु भएका परिवारलाई लुम्बिनी प्रदेश सरकारले राहत स्वरूप जनही एक/एक लाख रूपैयाँ दिने भएको छ ।

बुटवल उपमहानगरपालिका-१७ मोतिपुरमा सुकुम्बासीको नाममा निर्माणाधिन औद्यौगिक क्षेत्रको जग्गा कब्जा गर्न खोज्ने समूह र प्रहरीबीच झडप हुँदा ४ जनाको मृत्यु भएको छ ।

प्रदेश सरकारका प्रवक्ता तथा अन्तरिक मामिला तथा सञ्चारमन्त्री तिलकराम शर्माले सर्वदलीय बैठकको निर्णय अनुसार मृतकको परिवारलाई १/१ लाख रूपैयाँ दिने निर्णय भएको जानकारी दिए । ‘घाइतेहरूको उपचारमा कुनै कमी आउन नदिने पनि निर्णय भएको छ ।
घाइतेहरू धेरै भैरहवाको युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजमा उपचारत छन् ।

दुई जना प्रहरीलाई हेलिकप्टरमार्फत काठमाडौं पठाइएको छ ।’ घटनामा प्रहरी र सर्वसाधारण गरी ५० भन्दा बढी घाइते भएका छन् । घटनाको आधिकारिक जानकारी दिन जिल्ला प्रशासन कार्यालय रुपन्देहीले अहिले चार बजे पत्रकार सम्मेलनको आयोजना गरेको छ ।

प्रकाशित मिति : २५ आश्विन २०७८, सोमबार  ३ : ३४ बजे

राष्ट्रपति पौडेलसँग जापानका विदेश राज्यमन्त्रीले गरे शिष्टाचार भेट

काठमाडौं । जापानको चार दिने भ्रमणमा रहेका राष्ट्रपति रामचन्द्र पौडेलसँग

राष्ट्रियसभा : सदाचार नीति छिट्टै ल्याउन आग्रह

काठमाडौं । राष्ट्रिय सभाका सदस्यहरूले सदाचार नीति लागू हुन नसक्दा

राष्ट्रियसभामा प्रधानमन्त्रीको पहिलो सम्बोधन : तोकिएको समयमा निष्पक्ष निर्वाचन हुन्छ

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले तोकिएको समयमा स्वच्छ, निष्पक्ष र

काठमाडौं-१ : ‘हेभीवेट’ नेताको बिरासतमा नयाँ अनुहार

काठमाडौं । प्रजातन्त्र पुनःस्थापनापछिका निर्वाचनमा मुलुककै सर्वाधिक चर्चामा रहँदै आएको

‘बा-आमासँग नगरप्रमुख’ कार्यक्रमबाट बुटवलमा दुई हजारभन्दा बढी ज्येष्ठ नागरिक लाभान्वित

बुटवल । बुटवल उपमहानगरपालिकाले सञ्चालन गरेको ‘बा-आमासँग नगरप्रमुख’ कार्यक्रमबाट दुई