२७ माघ २०८२, मंगलबार | February 10, 2026

सैनिकमञ्च टुँडिखेलमा फूलपाती बढाइँ : राष्ट्रपति सरिक हुने



काठमाडौं । नेपाली सेनाले परम्परागतरूपमा फूलपातीका अवसरमा सैनिक मञ्च टुँडिखेलमा मङ्गलबार फूलपाती बढाइँ गर्दैछ ।

राष्ट्रपति विद्यादेवी भण्डारी मङ्गलबार अपराह्न सैनिक मञ्च टुँडिखेलमा आयोजित फूलपाती बढाइँ समारोहमा सरिक हुनेछन्। राष्ट्रपति भण्डारी नेपाली सेनाका परमाधिपति हुन् ।

सो अवसरमा सेनाले राइफल र तोपबाट लहरे एवं एकठ्ठा बढाइँ प्रस्तुत गर्नेछ । सैनिक हेलिकप्टरले पुष्पवृष्टिका साथै सैनिक ब्याण्डबाट राष्ट्रिय धुन प्रस्तुत हुनेछ ।

त्यसअवसरमा इज्जत अर्पण कवाज, विभिन्न गुल्मद्वारा बढाइँ, मार्चपाससहितको बढाइँ हुुनेछ । कोभिड–१९ को सङ्क्रमण जोखिमका कारण विगत वर्षदेखि नै फूलपाती बढाइँ धर्म, संस्कृति र परम्परालाई निरन्तरता दिन सानो र छरितो कार्यक्रम आयोजना गरिन लागेको हो ।

समारोहमा उपस्थित सबै पाहुनालाई मास्कको प्रयोग अनिवार्य गरिएको छ ।

प्रकाशित मिति : २५ आश्विन २०७८, सोमबार  ७ : २१ बजे

जेनजी पुस्ताको मर्मअनुरूप संविधान संशोधन गर्ने नेकपाको प्रतिबद्धता

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीले नवयुवा  (जेनजी)पुस्ताको मर्म अनुरुप आफ्नो

आगामी दशकलाई कृषि लगानी दशक : एक वर्षभित्र किसानलाई परिचयपत्र

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीले आगामी दशकलाई ‘कृषि लगानी दशक’

नेकपाको प्रतिबद्धता : ५ वर्षमा १० प्रतिशतको आर्थिक वृद्धि, बहुआयामिक गरिबीको दर ५ प्रतिशतमा झार्ने

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीले आगामी ५ वर्षभित्र वार्षिक १०

नेकपाद्वारा राजनीतिक दललाई चार वर्गमा वर्गीकरण, नयाँ दल ‘सिद्धान्तहीन’ र ‘विध्वंशकारी’

काठमाडौं। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आगामी निर्वाचनलाई लक्षित गर्दै चुनावी

आर्थिक सुधारमा जोड दिँदै नेकपाले ल्यायो चुनावी प्रतिबद्धतापत्र

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले आर्थिक सुधारको नयाँ चरणलाई