२७ माघ २०८२, मंगलबार | February 10, 2026

मुगुमा बस दुर्घटना, २२ यात्रुको मृत्यु



मुगु । मुगुमा बस दुर्घटना हुँदा ठूलो संख्यामा मानवीय क्षति भएको छ ।

मुुगुको छायाँनाथ रारा नगरपालिका वडा नं. ७ मा यात्रुवाहक बस दुर्घटना हुँदा २२ जनाको मत्यु भएको छ ।

नेपालगन्जबाट गमगढी जाँदै गरेको भे १ ख ३१६७ नम्बरको बस छायानाथ रारा नगरपालिका–७ पिनाटपने खोलामा दुर्घटना भएको हो । बस क्षतविक्षत भएको छ ।

३९ जना रहेको बसमा १७ जना घाइते भएको प्रहरीले जनाएको छ । कतिपय घाइतेको अवस्था गम्भीर भएका कारण मृतकको संख्या बढ्नसक्ने अनुमान गरिएको छ ।

प्रहरीका अनुसार बस सडकबाट करिब २ सय मिटर तल खसेको छ ।

घटनास्थलबाट सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय उद्दारकर्मीहरुले घाइतेको उद्दार गरिरहेका छन् भने मृतकको शव संकलन गरिरहेको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । घाइतेलाई उपचारका लागि अस्पताल लैजाने व्यवस्था मिलाउन लागिएको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ ।

प्रकाशित मिति : २६ आश्विन २०७८, मंगलबार  ३ : ०५ बजे

मतदातालाई ओलीको आग्रह : ‘साइको थ्रेट’ले चुपचाप मतदान गर्न उक्साए पनि सोची-विचारी मतदान गर्नुस्

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा

कांग्रेसले सबैलाई समेटेर देश सम्हाल्छ : गगन थापा

सिरहा । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सबै विचार र

जेनजी पुस्ताको मर्मअनुरूप संविधान संशोधन गर्ने नेकपाको प्रतिबद्धता

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीले नवयुवा  (जेनजी)पुस्ताको मर्म अनुरुप आफ्नो

आगामी दशकलाई कृषि लगानी दशक : एक वर्षभित्र किसानलाई परिचयपत्र

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीले आगामी दशकलाई ‘कृषि लगानी दशक’