७ चैत्र २०८२, शनिबार | March 21, 2026

बुटवलको मोतिपुरमा लगाइएको कर्फ्यू आज रातिबाट हट्ने



बुटवल । प्रहरी र सुकुम्बासीका नाममा जग्गा कब्जा गर्ने समूहबीचको झडपपछि रुपन्देहीको मोतिपुरमा लगाइएको कर्फ्यू मंगलबार रातिबाट हट्ने भएको छ ।

झडपपछि उत्पन्न परिस्थितिलाई नियन्त्रणमा लिन जिल्ला प्रशासनले गत आइतबार अपरान्ह ४ बजेदेखि लागू हुनेगरी कर्फ्यू आदेश जारी गरेको थियो ।

स्थिति सहज हुँदै गएपछि मंगलबार राति १२ बजेदेखि कर्फ्यू हटाउन लागिएको जिल्ला प्रशासन कार्यालयले एक सूचना प्रकाशित गरी जानकारी गराएको छ ।

प्रशासनले पूर्वतर्फ बुटवल १७ शिवनगरदेखि सौरहिया पुल तथा पश्चिमतर्फ हरिहरपुर, रानीगञ्ज बस्ती तथा वडा नं १८ को औद्योगिक करिडोरको क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको थियो ।

प्रहरीले औद्योगिक क्षेत्रमा बनाइएका टहरा हटाउने क्रममा जग्गा कब्जा गर्ने समूह र प्रहरीबीच झडपका क्रममा प्रहरीले गोली चलाएपछि आइतबार दिनभर सो क्षेत्रको स्थिति तनावपूर्ण बनेको थियो । बुटवल वडा नं १७ र १८ मा पर्ने औद्योगिक क्षेत्रको नदी उकास क्षेत्रमा गत सातादेखि ठूलो संख्यामा अस्थायी टहरा बनाएर जग्गा अतिक्रमण भएको थियो ।

प्रशासनले रातिको समयमा टहरा भत्काइदिँदै आएको थियो । तर त्यसरी पनि अतिक्रमित जग्गाबाट स्थानीयवासी हट्न नखोजेपछि प्रहरीले आइतबार बल प्रयोग गरेको हो । यसैबीच घटनाको सन्दर्भमा जिल्लास्थित सबै राजनीतिक दलहरु सहभागी समन्वयात्मक बैठकले मृतकका परिवारलाई पाँच लाख रुपैयाँ राहत उपलब्ध गराउन सिफारिस गर्ने निर्णय गरेको छ ।

मृतकका परिवारलाई किरिया खर्चवापत नेपाल सरकारका तर्फबाट ५० हजार र राहतस्वरुप ५ लाख तथा लुम्बिनी प्रदेश सरकारका तर्फबाट प्रतिपरिवार एक लाख रुपैयाँ उपलब्ध गराउन सिफारिस गरिएको प्रमुख जिल्ला अधिकारी क्रृषिराम तिवारीले जानकारी दिए ।

प्रकाशित मिति : २६ आश्विन २०७८, मंगलबार  ६ : १४ बजे

उज्यालो नेपाल पार्टीद्वारा प्रधानमन्त्री कार्कीलाई धन्यवाद

काठमाडौँ । उज्यालो नेपाल पार्टीले प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा मुलुक

प्रतिकिलो रु १० मा पनि बिक्दैन आलु

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकका पाँचखाल, मण्डनदेपुर, नाला तथा पनौती क्षेत्रमा हाल

सुरक्षा लापरबाही गर्ने खक्रौलास्थित सशस्त्रका गुल्मपतिसहित सबै कर्मचारी मुख्यालय तानिए

काठमाडौँ । कैलालीको खक्रौलास्थित सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा

हिउँमा फसेका २५० यात्रुको उद्धार

बागलुङ । भारी हिमपातका कारण अवरुद्ध मध्यपहाडी लोकमार्गमा फसेका यात्रुको

विभेद्जन्य गतिविधि गर्नेलाई कानुनी दायरामा ल्याइने छ : महानिरीक्षक कार्की

काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले जाति तथा