७ बैशाख २०८३, सोमबार | April 20, 2026

साफ च्याम्पियनसिप फुटबलः पहिलोपटक फाइनल पुग्ने दाउमा नेपाल, बंगलादेशसँग भिड्दै



काठमाडौं । पहिलोपटक पुरुष साफ च्याम्पियनसिपको फाइनल नजिक रहेको नेपाल आज (बुधबार) एक अंकका लागि बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ ।

माल्दिभ्सको मालेस्थित राष्ट्रिय रंगशाला नेपाली समयअनुसार साँझ पौने ५ बजे सुरु हुने खेलमा नेपाल मात्र एक अंक प्राप्त गर्न सके सन् १९९३ बाट सुरु साफ च्याम्पियनसिपको १३ औं संस्करण आइपुग्दा पहिलोपटक फाइनल पुग्नेछ ।

नेपालले अहिलेसम्म साफ च्याम्पियनसिपको फाइनल यात्रा तय गर्न सकेको छैन । बंगलादेशविरुद्ध बराबरी वा जितको नतिजाले नेपाल पहिलो पटक साफको फाइनल पुग्नेछ । साफमा सेमिफाइनलसम्मको यात्रा नेपालको ठूलो उपलब्धी हो ।

यदि बंगलादेशबिरुद्ध हारले भने नेपाल सिंगल राउन्ड रोबिनको यस प्रतियोगिताबाट बाहिरिने छ । नेपाली टिमका सहायक प्रशिक्षक किरण श्रेष्ठ र गोलरक्षक विशाल श्रेष्ठले प्री म्याच पत्रकार सम्मेलनमा बंगलादेशविरुद्ध जितकै लागि खेल्ने बताएका छन् ।

प्रतियोगिताको शीर्ष दुई टोलीले फाइनलमा स्थान बनाउने छन् । नेपाल ३ खेलमा ६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । अब नेपाललाई फाइनल पुग्न मात्र एक अंकको आवश्यकता रहेको छ । बंगलादेश ३ खेलमा ४ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।

माल्दिभ्स ३ खेलमा ६ अंक जोडेर दोस्रो स्थानमा छ । नेपालसँग पराजित माल्दिभ्स हेड टु हेडमा पछि रहेको हो । भारत ३ खेलमा ५ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । ४ खेलमा १ अंक जोडेको श्रीलंका भने प्रतियोगिताबाट बाहिरिसकेको छ ।

नेपालले सुरुआती दुई खेलमा लगातार जित निकालेको थियो । माल्दिभ्सलाई १-० ले हराएको नेपालले श्रीलंकालाई ३-२ ले हराएको थियो । तर, नेपाल आइतबार भारतसँग १-० ले पराजित भएको थियो ।

बुधबार अर्को खेलमा भारतले माल्दिभ्सविरुद्ध प्रतिस्पर्धा गर्नेछ । दुबै टिम जित निकाल्दै फाइनल पुग्न चाहन्छन् । फाइनलका लागि माल्दिभ्सलाई बराबरी काफी छ भने भारतलाई जितको विकल्प छैन ।

प्रकाशित मिति : २७ आश्विन २०७८, बुधबार  ७ : १३ बजे

गृहमन्त्री गुरुङमाथि तत्काल उच्चस्तरीय छानबिन गर्न कांगेसको माग

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस ले गृहमन्त्री सुधन गुरुङमाथि

बुटवलमा जितगढी विजयोत्सवको भव्य स्मरण (फोटो फिचर)

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बुटवलमा जितगढी विजय

रास्वपा केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक आज

जितगढी विजयी उत्सव-२०८३

जितगढी विजयी उत्सव-२०८३

पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि फिर्ता लिन कुलमान घिसिङको माग

कर्णाली । उज्यालो नेपाल पार्टी (उनेपा)का अध्यक्ष कुलमान घिसिङले पेट्रोलियम