४ पुस २०८२, शुक्रबार | December 20, 2025

कर्णाली प्रदेशको स्थानीयतहमा कार्यरत इन्जिनियरहरुलाई प्रकृतिमा आधारीत योजनाहरुको डिजाइन तालिम प्रदान



सुर्खेत । कर्णाली प्रदेश अन्तर्गन बिभिन्न पालिकाका इन्जिनियरहरुलाई मुल्य सार्थकता ब्यवस्थापन सुचना प्रणाली सोलिस्टिकको अभिमुखिकरण तालिम प्रदान गरिएको छ । उनीहरुलाई बहुउपयोगी तथा प्रकृतिमा आधारीत योजनाहरुको डिजाइनलाई जिआइएस प्रबिधि वातावरण सम्बन्धि तालिम प्रदान गरिएको हो । नेपाल जलवायु परिवर्तन सहयोग कार्यक्रमको प्राबिधिक सहायता सस्था मोटम्याकडोनाल्ड लिमिटेडले कर्णाली प्रदेशका गाउपालिका तथा नगरपालिकामा कार्यरत इन्जिनियरहरुलाई तालिम प्रदान गरेको थियो । ६ दिन सम्म प्रदेश राजधानी सुर्खेतमा संचालन भएको तालिममा नगरपालिका तथा गाउपालिकामा कार्यरत ४ महिला र १८ पुरुष प्राविधिकहरुको सहभागीता रहेको नेपाल जलबायु परिबर्तन सहयोग कार्यक्रमका सिनियर  इन्जिनियर निराजन श्रेष्ठले जानकारी दिए ।

तालिममा जलबायु परिवर्तनले पारेको कारण सिर्जित समस्या लाई वातावरण मैत्री उत्थानसिल योजना कसरी बनाउन सकिन्छ ? र मूल्य सार्थकताका हिसाबले स्थानीय अनुकुलन कार्य योजना बमोजिम एनसिसिपि कार्यरत स्थानीय निकायले प्रभावकारी कार्यन्वयन कसरी गर्ने ? भन्ने विषयमा तालिम दिईएको थियो । आगामी दिनमा स्थानीय सरकारले जलवायु परिबर्तन उत्थानसिल योजना लाई मुलप्रवाहिकरण गरी दिर्घकालिन योजना निर्माण अघि बढाउनु पर्ने भएकाले पालिकाका प्राविधिकहरुलाई दक्ष बनाउन तालिम दिइएको सिनियर  इन्जिजियर श्रेष्ठले बताए ।

नेपाल जलवायु परिवर्तन सहयोग कार्यक्रमको दोश्रो चरण, कर्णाली प्रदेशको २४ स्थानीय निकायमा सञ्चालनमा रहेको छ भने २ वटा सुदुरपश्चिमका स्थानीय तहमा पनि सञ्चालित छन् । यसै वर्षदेखि लुम्बिनि प्रदेशको राजापुर नगरपालिका र गढबा गाउपालिका , रोल्पाको थवांग गाउपालिका र सुदुरपश्चिमको टिकापुर नगरपालिकामा कार्यक्रम सफलता पूर्वक सम्पन्न भएको श्रेष्ठले दाबी गरे ।

तालिमको समापन गर्दै कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाले सहभागीहरुले प्रशिक्षणमा पाएको ज्ञानलाई आफ्नो पेशागत जीवनमा धेरै प्रभावकारी र फलदायी बनाउन सक्ने बताए ।

प्रकाशित मिति : २८ आश्विन २०७८, बिहिबार  २ : ०३ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको