२१ बैशाख २०८१, शुक्रबार | May 3, 2024

एलपीजी ग्याँस लिएर नेपाल भित्रने ट्याङकर फर्कँदा गाँजा बोकेर फर्कने गरेको खुलासा



वीरगञ्ज । वीरगञ्जमा नेपाल आउँदा एलपी ग्याँस बोकेर आउने र फर्केर जाँदा गाँजा बोकेर जाने गरेको रहश्य फेला परेको छ । पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका(२५ आइसिपि गेट नजिक रोकी राखेको भारतीय एनएल ०१ के ०७५४ नम्बरको ग्याँस बोक्ने ट्याङकरबाट करिब १ सय २० केजी नेपालमा अवैध मानिएको गाँजा फेला परेपछि गाँस बोक्ने ट्याङकर गाँजा बोकेर जाने गरेको रहश्य खुलेको हो । पर्सा प्रहरीले बुधबार दिउँसो ट्याङकरबाट गाँजा बरामद गरेको थियो ।

ट्याङकरमा लागूऔषध लुकाई राखेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले ट्याङकरबाट गाँजा बरामद गरेको थियो ।

प्रहरीले छापा मार्ने विषयमा गाँजाका तस्करीले पहिले नै थाहा पाएर ट्याङकर छाडेर भागेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । ट्याङकरको चेकजाँच गर्दा चालक समेत फरार रहेको प्रहरीले जनाएको छ । प्रहरीले फरार रहेका ट्याङ्कर चालकको खोजी गरिरहेको छ ।

प्रकाशित मिति : २८ आश्विन २०७८, बिहिबार  २ : ४५ बजे

नेपालगञ्ज नगरलाई डुबानबाट जोगाउन नाला सफाइ

बाँके । नेपालगञ्ज उपमहानगरपालिकालाई डुबानबाट जोगाउन यस वर्ष नाला सफाइ

ज्येष्ठ पत्रकारहरूका लागि जीवन निर्वाह भत्ताको व्यवस्था गरिनेछ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ज्येष्ठ पत्रकार तथा अपाङ्गता

प्रधानमन्त्रीद्वारा पत्रकार महासङ्घको २७औँ महाअधिवेशन उद्घाटन

काठमाडौं । नेपाल पत्रकार महासङ्घको २७ औँ महाअधिवेशन प्रारम्भ भएको

प्रधानमन्त्रीसँग भारतका महालेखापरीक्षकको शिष्टाचार भेट

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपाल भ्रमणमा रहेका छिमेकी

सुनको मूल्य तोलामा रु एक हजार एकले घट्यो

काठमाडौं । स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य तोलामा रु