१४ बैशाख २०८१, शुक्रबार | April 27, 2024

नेपाल-भारत सुरक्षा बैठक : कपिलवस्तुको दुर्गा विसर्जनमा अप्रिय घटना हुन नदिन २४ घण्टा सीमा बन्द



काठमाडौं । भारतको सिद्धार्थनगर जिल्लास्थित नौगढमा नेपाल र भारतबीच सुरक्षा बैठक सम्पन्न भएको छ । जिल्लास्तरीय सुरक्षा बैठकमा नेपालका तर्फबाट कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डे र भारतका तर्फबाट सिद्धार्थनगर जिल्लाका डीएम दीपक मिणाले नेतृत्व गरेका थिए ।

बिहीबार कपिलवस्तुको सिमावर्ती भारतीय जिल्ला सिद्धार्थनगरस्थित नौगढमा सम्पन्न इण्डो(नेपाल जोइन्ट बोर्डर कोर्डिनेसन मिटिङमा २४ घण्टा सीमा बन्द गर्ने निर्णय भएको छ ।

बडादशैँ ‘दशहरा’को अवसरमा दुर्गा पूजाको मूर्ति विसर्जनको क्रममा दुवै पक्षको शान्ति सुरक्षालाई मध्यनजर गरी शुक्रबार ‘आज’ र शनिबार ‘भोलि’ गरेर २४ घण्टासम्म नेपाल भारत बोर्डरबाट हुने मानिसको आवतजावतमा नियन्त्रण गर्ने सहमति भएको कपिलवस्तुका प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीले जानकारी दिए । उनकाअनुसार सीमा क्षेत्रमा मदिरा विक्रीवितरणमा रोक लगाउने विषयमा छलफल भई समझदारी भएको छ ।

बैठकमा सीमा अपराध, लागुऔषध ओसारपसार, अवैध हातहतियारको ओसारपसार, मानव बेचबिखन, भारतबाट नेपाल आउने नेपालीहरुलाई विशालु औषधि खुवाई लट्ठ्याएर पैसा लुट्ने प्रवृति, नेपाली यात्रुलाई गर्ने व्यवहारका विषय, पशुपंक्षीको अवैध कारोवार, नक्कली नोटको कारोवार, चोरीका सवारी साधनको नियन्त्रणलगायतका विषयमा अनौपचारिक छलफल भएको प्रहरीले जनाएको छ ।

बैठकमा कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी पाण्डेसहित प्रहरी प्रमुख दानबहादुर कार्की, सशस्त्र प्रहरी बल नेपाल २८ नं गण हेडक्वाटरका प्रमुख स.प्र.उ ध्रुवबहादुर कार्की, राष्ट्रिय अनुसन्धान कार्यालय कपिलवस्तु प्रमुख उपअनुसन्धान निर्देशक योगेन्द्र केसी सहभागी थिए ।

त्यसैगरी भारतका तर्फबाट सिद्धार्थनगर जिल्लाका डीएम मिणासहित एसपी यशवीर सिंह, एसएसबी कमाण्डेन्ट अमित सिंहलगायत भारतीय सीमावर्ती प्रहरी प्रमुखहरु सहभागी थिए ।

प्रकाशित मिति : २९ आश्विन २०७८, शुक्रबार  ७ : १८ बजे

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं । निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

पहिलो पटक हुम्ला पुगे दुई टिपर, स्थानीयले गरे फूलमालाले स्वागत

हुम्ला । राष्ट्रिय सडक सञ्जालसँग नजाडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम

बुटवलपछि बागमती प्रदेशका सरकारी कार्यालयमा पनि तीन भाषामा बडापत्र

हेटौंडा । बुटवल उपमहानगरपालिकाले आफ्नो कार्यालय परिषरमा ४ भाषामा बडापत्र

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अहिले मुलुकको

अमेरिकी विदेशमन्त्री ब्लिन्कन र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता

काठमाडौं । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्कनले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग