१७ चैत्र २०८२, मंगलबार | March 31, 2026

चेन्नई सुपर किंग्सलाई चौथो पटक आईपीएल उपाधि



काठमाडौं । चेन्नई सुपरकिंग्सले इन्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि जितेको छ ।

यूएईमा सम्पन्न खेलमा कोलकाता नाइट राइडर्सलाई २७ रनले हराउँदै महेन्द्रसिंह धोनीको टिम चेन्नई सुपर किंग्सले चौथो पटक उपाधि जितेको हो ।

च्याम्पियन चेन्नईले १० करोड भारु र उपविजेता कोलकताले ६ करोड २५ लाख भारु पुरस्कार पाएका छन् ।

दुबई अन्तर्राष्ट्रिय रंगशालामा टस जितेर फिल्डिङ रोजेको कोलकाताले १९३ रनको लक्ष्य पाएको थियो । कोलकाताले निर्धारित ओभरमा ९ विकेट गुमाउँदै १६५ रन जोडेको थियो ।

सुरुआती ब्याटिङका लागि निस्किएको चेन्नईले निर्धारित पूरा ओभर खेल्दै तीन विकेटको क्षतिमा १९२ रन बनाएको थियो । चेन्नईका लागि ओपनर फाफ डुप्लेसिसले सर्वाधिक ८६ रनको अर्धशतकीय पारी खेले । उनले ५९ बलमा सात चौका र तीन छक्कासहित सो रन जोडेका थिए । अर्का ओपनर रितुराज गायक्बडले ३२ रन बनाए । त्यस्तै, रोबिन उथप्पाले ३१ रन बनाए भने मोइन अलीले ३७ रन बनाएका थिए ।

चेन्नईले यसअघि २०१०, २०११ र २०१८ मा उपाधि जितेको थियो । चेन्नईले २०१० मा मुम्बई इन्डियन्सलाई २२ रनले पराजित गर्दै पहिलो पटक च्याम्पियन बनेको थियो ।

२०११ मा चेन्नईले बेंगलोरलाई ५८ रनले पराजित गर्दै लगातार उपाधि जितेको थियो । २०१८ मा हैदराबादलाई ८ विकेटले पराजित गर्दै चेन्नई तेस्रो पटक च्याम्पियन बनेको थियो । चेन्नई २००८, २०१२, २०१३, २०१५ र २०१९ मा उपविजेता बनेको थियो ।

कोलकत्ताले सन् २०१४ मा आईपीएलको उपाधि जितेको थियो ।

प्रकाशित मिति : ३० आश्विन २०७८, शनिबार  ६ : ५१ बजे

घुस लिँदालिँदै पक्राउ परे प्रहरी नायब निरीक्षक

काठमाडौँ । प्रहरी वृत्त मालीगाउँमा कार्यरत प्रहरी नायब निरीक्षक दिनेश

एमाले अध्यक्ष ओलीको स्वास्थ्य अवस्था सामान्य, चिकित्सकको निगरानीमा अस्पतालमा

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली चिकित्सकको निगरानीमा

छवि रिजाललाई हाजिरी जमानीमा रिहा गर्ने निर्णय

काठमाडौं । समान प्रकतिको मुद्दामा एमाले अध्यक्ष केपी शर्मा ओली

दरबन्दीको अस्पताल नगई पायकपर्ने अस्पताल बस्दै आएका १४ जना चिकित्सकको काज फिर्ता

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले १४ जना चिकित्सकको काज

नेपालगन्ज स्ट्रीट फुड एण्ड बेभरेज फेस्टिभल सञ्चालन हुँदै

नेपालगन्ज । नेपालगन्जमा पहिलो पटक ‘नेपालगन्ज स्ट्रीट फुड एण्ड बेभरेज