११ बैशाख २०८१, मंगलबार | April 23, 2024

पर्यटकीय केन्द्र बन्दै ‘अर्जुन डहर’



उदयपुर । पूर्व–पश्चिम मदन भण्डारी लोकमार्गबाट नजिकै रहेको चारैतिर जंगलले घेरिएको बीचमा ठुलो पोखरी देखिने उदयपुरको ‘अर्जुन डहर पार्क पछिल्लो समय आन्तरिक पर्यटकिय गन्तव्य बन्न पुगेको छ । लोकमार्गदेखि दुई किलोमिटर पश्चिम उदयपुरगढी गाउँपालिका– ७ अधेँरीस्थित विश्व कञ्चन सामुदायिक वन उपभोक्ता समूहको क्षेत्रमा पर्ने पार्कमा पर्यटक आकर्षित गर्ने संरचना निर्माणसँगै आन्तरिक पर्यटकको गन्तब्य बन्न पुगेको हो ।

डिभिजन वन कार्यालय त्रिवेणी कटारी र सामुदायिक वन समूहको संयुक्त लगानीमा निर्मित पार्कमा पर्यटक लोभ्याउने बोटिङ, स्थानीय स्रोतको प्रयोग गर्दै बनाइएको टिकटिक घर, काठको भ्युटावर जस्ता पुर्वाधार तयार भएसँगै आन्तरिक पर्यटकको आकर्षण बढेको हो ।

अन्य ठाउँमाभन्दा फरक स्थानीय स्रोत सामाग्रीको उपभोग गर्ने गरी सखुवाको रुखमा टिकटक घर बनाइएको छ । सामुदायिक वन समुहको २२ लाख ७० हजार र वन कार्यालयको १० लाख ६ हजारको संयुक्त लगानीमा उद्यानसहितको टिकटक घर र अन्य संरचना तयार गरिएको सामुदायिक वन समुहका अध्यक्ष भीमबहादुर बस्नेतले बताए ।

पर्यटक बढेसँगै भौतिक संरचना बढाउँदै लैजान लक्ष्य रहेको छ । समूहका सचिव केशवबहादुर अधिकारीले जिल्लाकै पर्यटकीय गन्तव्य स्थलको रूपमा विकास गर्ने गरी आन्तरिक र वन कार्यालयको लगानीमा पार्क बनाइएको बताए । उनले भने, “अधेँरीमा रहेको अर्जुन डहर पार्कलाई एक नमुना पर्यटकीय क्षेत्र बनाउने गरी लागि परेकाछौँ, ‘यसका लागि स्थानीय, प्रदेश र संघीय सरकारको सहयोगको अपेक्षा गरेका छौँ ।” हरियाली जङ्गलले घेरिएको स्थलमा पार्क पहाडको तल्लो भागमा छ । चारै पट्टीबाट बगेको पानी पोखरीमा जम्मा हुने गरेका कारण बाह्रै महिना पानी रहने गरेको स्थानीयबासी होम बस्नेत बताउँछन् । पर्यटकलाई व्यवस्थित गर्न विभिन्न आवासिय टहरा समेत निर्माण गरिएको बताए ।

झट्ट हेर्दा फेवाताल जस्तै देखिने पोखरीमा बोटिङको मज्जासँगै माछा समेत हेर्न पाइन्छ । दाँया बायाँका भागमा फुलहरू रोपेर रमणीय बनाइएको छ । पार्क नजिक अधेरीँ झर्ना रहेको छ । झन्डै चार किलोमिटर पर मदनभण्डारी लोकमार्गसँगै जोडिएको झर्नाले थप मनोरम दिने गरेको बस्नेतले बताए । झर्ना हेर्न र नुहाउन मात्रै दैनिक एक हजारको संख्यामा आन्तरिक पर्यटक आउने गरेको उनले बताए ।

पार्कमा पिकनिक खान आउनेहरू झर्नामा जाने नुहाउने रमाइलो गरी फर्कने गर्दछन् । झर्ना हेर्नकै लागि उदयपुरबहेक सिरहा, सप्तरी र सिन्धुलीबाट सर्वसाधरण आउने गरेको उनको भनाइ छ । झर्ना लोकमार्गसँग जोडिएकाले अझ बढि भिडभाड हुने गर्दछ । लोकमार्गको यात्रा गर्ने यात्रुहरू समेत झर्नामा एकछिन रोकेर फोटो खिचेर जाने गरेको बताउँछन । दुवै ठाउँ उदयपुरको नयाँ पर्यटकीय केन्द्रको रुपमा विकास हुँदै गएको छ ।

प्रकाशित मिति : ३० आश्विन २०७८, शनिबार  ८ : २४ बजे

गगन थापा भन्छन्- लोकतन्त्रको विकल्प समुन्नत लोकतन्त्र नै हो

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले लोकतन्त्र दिवसको शुभकामना

बुटवलमा ३ दिने भलिबल प्रतियोगिता शुरु

बुटवल । बुटवलमा आजदेखि तिन दिने भलिबल प्रतियोगिता शुरु भएको

राष्ट्रिय युवा संघ नेपाल, रुपन्देहीद्वारा रक्तदान कार्यक्रम सम्पन्न

बुटवल । राष्ट्रिय युवा संघ नेपाल, रुपन्देहीको आयोजनामा बुटवलमा रक्तदान

कतारका अमिर शीतल निवासमा, राष्ट्रपति पौडेलसँग भेटवार्ता सुरु

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र कतारका अमिर शेख तमिम