१४ बैशाख २०८१, शुक्रबार | April 27, 2024

धामीले बालुवापानी खाने घटाल मेला, यस्तो छ किंवदन्ती



डडेल्धुरा । धामीले बालुवा र पानी खाने देवताको मेलाको रूपमा परिचित दशैँ जाँत (मेला) सम्पन्न भएको छ । जिल्लाको अमरगढी नगरपालिका-३ डोटी खेलाको पुछारमा रहेको सुदूरपश्चिमको प्रमुख धार्मिक शक्तिपीठ घटाल थान नजिकैको अशिग्राम मन्दिरमा लाग्ने दशैँ जाँत (मेला) सम्पन्न भएको हो ।

यहाँ हरेक वर्ष बडादशैँको अशिग्राम मन्दिरमा दशैँ जाँत धुमधामसँग मनाइने गरिन्छ । डोटीखोला आसपासका गाउँबस्तीसँगै सदरमुकाम खलंगा र छिमेकी जिल्लाका हजारौँ भक्तजन दसँ जाँत हेर्न घटाल थान पुगेको घटाल क्षेत्र विकास समाजले जनाएको छ ।

बिहानैदेखि घटाल बाबाको पूजा गर्न हजारौँ मानिस घटाल स्थान पुगेका थिए । पूजाआजासँगै विशेष अवसरमा काम्ने घटालका धामीबाट आशिषसहित अक्षता र प्रसाद ग्रहण गरेर घर उनीहरू घर फर्किएको घटाल क्षेत्र विकास समाजका अध्यक्ष कृष्णप्रसाद बोहराले बताए ।

‘यहाँ धामीले निहुरिएर मुखभरी बालुवा लिएर खाने गर्छन् । धामी (झाँक्री)हरूले पहिले पहिले ६० घडा बालुवा र ६० घडा पानी खाने गर्थे भने अहिले पनि १०/१२ मुठी जति मुखभरीको बालुवा-पानीसँगै खाने गर्छन्,’ उनले भने ।

घटाल बाबासँग कसैले केही मागेमा मनोकामना पूरा हुने जनविश्वास रहँदै आएको छ । यहाँ मनोकामना पूरा भएपछि बोकाको बलि दिने चलन अहिले पनि रहीआएको छ ।

यस्तो छ घटालको महिमा

किंवदन्तीअनुसार डोट्याली राजा नागी मल्लकी पुत्रविहीन रानीले भारतको गढवालबाट घटाल देउता दाइजोमा ल्याएको तर देउतालाई अहिले मन्दिर रहेको स्थानबाट दरबारसम्म लैजान नसकेपछि त्यहीँ नै घटालबाबा स्थापना गरिएको बताइन्छ ।

पश्चिमी क्षेत्रमा आस्तिकहरूमाझ घटालबाबाले मनोकामना पूरा गरिदिने जनविश्वास रहँदै आएको छ । घटस्थापनाका दिन चम्सालमा रहेको देवघरबाट देउताको देउरो घटालस्थान नजिकै अशिग्राम मन्दिरमा पुर्‍याइन्छ । दशैँको दिन साँझ पुनः देवघरमा फिर्ता ल्याइन्छ ।

दशैँ जाँतका बेला आफ्नो थातथलो छोडेर टाढा पुगेका पनि एकै दिनका लागि भए पनि घर फर्कने गरेका अध्यक्ष बोहरा बताउँछन् । द्वापरयुगमा कुरुक्षेत्रमा भएको कौरव-पाण्डव युद्धमा भीमपुत्र घटोत्कचले ठुलो पराक्रम देखाएका थिए ।

उनले कौरव सेनामा धावा बोलेर ठूलो क्षति पुर्‍याएको धार्मिक ग्रन्थमा उल्लेख छ । लडाइ मैदानमै वीरगति प्राप्त गरेका घटोत्कचको पराक्रम देखेका श्रीकृष्णले उनलाई कलियुगमा ख्याति प्राप्त भगवानका रूपमा मान्यता पाउने वरदान दिएको भनाइ छ ।

सदियौँदेखि त्यही मान्यताअनुरुप घटालबाबालाई यस क्षेत्रका बासिन्दाले ठुलो धार्मिक आस्था र सम्मानका साथ पुज्ने गरेका स्थानीय बताउँछन् । दशैँ जाँतको अर्को आकर्षण आफन्तसँगको भेटघाट केही समयका लागि भएपनि एकै थलोमा बसेर सुखदुःख साटासाट गर्न पाउनु पनि हो ।

हालका वर्षमा वैदेशिक रोजगारीतिर जानेहरूको संख्या बर्सेनि बढन थालेको छ । त्यसैले विगतमा जस्तो पुरुषभन्दा मेलामा महिलाहरुको उपस्थिति बढ्दै गएको देखिन्छ । यस्तै, घटाल थानमा हरेक वर्ष २ वैशाखमा मेला लाग्ने गर्छ ।

प्रकाशित मिति : ३० आश्विन २०७८, शनिबार  ९ : २० बजे

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं । निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

पहिलो पटक हुम्ला पुगे दुई टिपर, स्थानीयले गरे फूलमालाले स्वागत

हुम्ला । राष्ट्रिय सडक सञ्जालसँग नजाडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम

बुटवलपछि बागमती प्रदेशका सरकारी कार्यालयमा पनि तीन भाषामा बडापत्र

हेटौंडा । बुटवल उपमहानगरपालिकाले आफ्नो कार्यालय परिषरमा ४ भाषामा बडापत्र

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अहिले मुलुकको

अमेरिकी विदेशमन्त्री ब्लिन्कन र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता

काठमाडौं । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्कनले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग