१८ चैत्र २०८२, बुधबार | April 1, 2026

साफ पदाधिकारीहरु नेपाल च्याम्पियन नबनोस भन्ने चाहन्छन् : मुख्य प्रशिक्षक अल्मुताइरी



काठमाडौं । नेपाली फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीलाई दक्षिण एशियाली फुटबल संघ (साफ)ले आज हुने फाइनल खेलमा प्रतिबन्ध लगाएको छ ।

आफुमाथि लगाएको प्रतिबन्धप्रति असन्तुष्टि जनाउँदै नेपाली मुख्यप्रशिक्षक अल्मुताइरीले साफका पदाधिकारीहरु नै नेपाल साफ च्याम्पियनसिप नबनोस भन्ने चाहेको टिप्पणी गरेका छन् ।

दुईवटा पहेँलो कार्ड पाएका अल्मुताइरीलाई साफले आज हुने नेपाल र भारतबीचको फाइनल खेलमा टेक्निकल एरियामा बस्न नपाउने गरी कारवाही गरेको छ । अल्मुतारीलाई फाइनल खेलमा टेक्निकल एरियामा बस्न प्रतिबन्ध लगाइएको जानकारीसहितको पत्र साफले एन्फालाई दिएको छ ।

अल्मुताइरीले शनिबार भर्चुअल पत्रकार सम्मेलन गर्दै आफुमाथिको अन्यायपूर्ण कारवाही फिर्ता हुनपर्ने माग गरेका छन् । उनले भनेका छन्, ‘यो कारवाही ममाथि मात्र भएको होइन, नेपाली फुटबल टिम र समग्र नेपाली फुटबलमाथि भएको कारवाही भएको हो ।’

उनले साफ च्याम्पियसिप २०२१ को नियमावलीमा दुईवटा पहेँलो कार्ड पाएको प्रशिक्षकलाई टेक्निकल एरियामा बस्न नपाउने भन्ने कुनै नियम नभएको जनाएका छन् । साफको निर्णय नेपाल च्याम्पियन बन्नबाट रोकियोस र भारतले खेल जितोस भन्ने मनासायबाट प्रेरित भएको उनले आरोप लगाएका छन् ।

‘दक्षिण एसियाली फुटबल महासंघले यो निर्णय गरेर भुल गरेको छ यो निर्णय सच्चिनु पनि पर्छ’, मुख्य प्रशिक्षक अल्मुताइरीले माग गरेका छन् ।

फाइनल खेलमा भारतीय प्रशिक्षक इगोर स्टिमेकलाई पनि साफले प्रतिबन्ध लगाएको छ । उनलाई मालदिभ्स विरुद्धको खेलमा रातो कार्ड देखाइएको थियो । यसैगरी नेपालका नेपालका अन्जन विष्टले पनि लगातार दुई खेलमा पहेंलो कार्ड पाएकाका कारण भारतविरुद्धको फाइनल खेल गुमाएका छन् ।

साफ च्याम्पियनका लागि नेपाल र भारतबीच आज फाइनल खेल हुँदैछ ।

प्रकाशित मिति : ३० आश्विन २०७८, शनिबार  १ : १६ बजे

बागलुङ कालिकामा चैतेदसैँमा ३७ लाख भेटी सङ्कलन

बागलुङ । चैतेदसैँको अवधिभर बागलुङ कालिका भगवती मन्दिरमा रु ३७

अब बिचौलियालाई यातायात व्यवस्था कार्यालयमा प्रवेश निषेध

कञ्चनपुर । यातायात व्यवस्था कार्यालय महेन्द्रनगरले कार्यालय परिसरभित्र बिचौलियाको प्रवेश

सुनको मूल्य ७ हजार ४ सयले बढ्यो, चाँदीको मूल्य पनि बढ्यो

काठमाडौँ । स्थानीय बजारमा आज पनि सुनचाँदीकोे मूल्य बढेको छ

खड्का-कोइराला पक्षीय कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको बैठक

वैशाख २ गतेदेखि जुम्लामा आर्थिक गणना

जुम्ला । आगामी वैशाख २ गतेदेखि असार ७ गतेसम्म जुम्लामा