२७ भदौ २०८३, शनिबार | September 12, 2026

प्रशिक्षक अब्दुल्लाहले भने – हामी एसिया कपमा स्थान बनाउन सक्दैनौं



काठमाडौं । नेपाल राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले सत्यताअनुसार नेपाली टिम एसिया कपमा स्थान बनाउन नसक्ने बताएका छन् ।

अब्दुल्लाहले समूहमा बलियो टोली रहेको र छनोट पार गर्न असम्भव रहेको जनाउँदै सत्यता नै टिम छनोट हुन नसक्ने बताए । ‘हाम्रो समूह निकै बलियो छ । सत्यता यो नै हो । हामी छनोट हुन सक्दैनौं,’ शुक्रबार दशरथ रंगशालामा अब्दुल्लाहले बताए ।

उनले टोलीको रणनीति तयार भएको र टप फाइट दिने बताए । उनले नेपालमा केही समय अभास गरेर कतारमा बन्द प्रशिक्षण गर्ने र केही अभ्यास खेलपछी कुवेत जाने बताए ।

एएफसी एसिया कप छनोटको तेस्रो चरणको तयारीका लागि आज ९शुक्रबार०बाट नेपाली राष्ट्रिय टोलीले दशरथ रंगशालामा आफ्नो प्रशिक्षण सुरु गरेको छ । पहिलो दिनको प्रशिक्षणमा कप्तान किरण कुमार लिम्बू र देवेन्द्र तामाङ बाहेक अन्य खेलाडीको उपस्थित रहेको थियो । किरण र देवेन्द्र पारिवारिक कारण उपस्थित भएनन् । किरण भने माल्दिभ्सको शीर्ष डिभिजन लिगमा व्यस्त छन् ।

छनोटको समूह ए मा रहेको नेपालसँगै जोर्डन, कुवेत र इन्डोनेसिया छन् । तीनै टोली फिफा वरीयतामा नेपालभन्दा माथि छन् । छनोटको सबै खेल कुवेतामा हुनेछन् । यसअघि नेपाली टोलीको मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले छनोटका लागि २५ सदस्यीय नेपाली टोलीको घोषणा गरिसकेका छन् ।

नेपाली टोलीः
गोलकिपरः किरणकुमार लिम्बू ९कप्तान०, दीप कार्की, विशाल श्रेष्ठ
रक्षकस् अनन्त तामाङ, विकास खवास, देवेन्द्र तामाङ, दिनेश राजवंशी, गौतम श्रेष्ठ, रोहित चन्द, सुमन अर्याल, सुरजजिउ ठकुरी
मिडफिल्डरः आयुष घलान, मनिष डाँगी, पुजन उपरकोटी, सन्तोष तामाङ, सुजल श्रेष्ठ, सुमन लामा, सुनिल बल, तेज तामाङ, एरिक विष्ट, विशाल राई
स्ट्राइकरः विमल घर्तीमगर, अञ्जन विष्ट, दर्शन गुरुङ, नवयुग श्रेष्ठ

प्रकाशित मिति : २ बैशाख २०७९, शुक्रबार  ११ : ३७ बजे

एसिसी प्रिमियर कप फाइनलमा नेपालले टस जितेर ब्याटिङ रोज्यो

काठमाडौं । एसिसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा नेपालले संयुक्त

हरितालिका तीजका दिन लुम्बिनी प्रदेशमा सार्वजनिक बिदा

नेपालगन्ज । हरितालिका तीजको अवसरमा संघीय सरकारबाट महिलाहरुका लागि सार्वजनिक

भोटेकोशी बाढी : छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा

बर्दिया । रसुवाको भोटेकोशी नदीमा आएको बाढीले एउटै परिवारका दुई

सडकपेटीमा सुत्केरी : काममा खटिएका छ जना कर्मचारी निलम्बित

सप्तरी । राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएकै अवस्थामा अस्पताल

माछापुच्छ्रे बैंकले ६ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले आफ्ना शेयरधनीहरुलाई चूक्तापूँजीको ६ प्रतिशत