१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

नेपाली फुटबल टोलीका मुख्य प्रशिक्षक अल्मुताइरी सरकारद्वारा सम्मानित



काठमाडौं । नेपाल राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् ।

शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटर पुगेका मुख्य प्रशिक्षक अल्मुताइरीले नेपालको फुटबल क्षेत्रका गतिविधिबारे प्रधानमन्त्रीलाई जानकारी गराएका थिए ।

उनले नेपाली फुटबल खेलाडी मिहिनती रहेको बताउँदै अन्तर्राष्ट्रिय एक्सपोजरको आवश्यकता रहेको बताएका थिए । सरकारले अल्मुताइरीलाई आज सम्मान गरेको थियो । साफ च्याम्पियनसिपको फाइनल पुग्न सफल नेपाली फुटबल टीमका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीलाई प्रधानमन्त्री देउवाले सम्मान गरेका हुन् ।

सो अवसरमा युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजको पनि उपस्थिति थियो । शुक्रबारै अल्मुताइरीले नेपाल महिला भलिबल राष्ट्रिय टिमका खेलाडीहरूसँग पनि बालुवाटारमा भेट गरेका थिए ।

प्रकाशित मिति : २१ माघ २०७८, शुक्रबार  १ : ४७ बजे

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम

कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका

वर्ल्ड लिंकको इन्टरनेट ९ लाख घरधुरीमा पुग्यो

बुटवल । देशको सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्ड लिंक

बुटवल ११ बुद्धनगर खानेपानी उपभोक्ता समिति र टोल विकास संस्था बीच जग्गा विवाद !

बुटवल । बुटवल उपमहानगरपालिका-११ बुद्धनगरमा जग्गा भोग चलनको विषयलाई लिएर