१ मंसिर २०८२, सोमबार | November 18, 2025

शनिबार दिनभरी बिभिन्न स्थानमा भएको सवारी दुर्घटनामा ८ जनाको मृत्यु



काठमाडौं । दसैंको भोलिपल्ट नेपालका बिभिन्न स्थानमा भएको सवारी दुर्घटनामा परि ८ जनाको ज्यान गएको छ । शनिबार फरक फरक समयमा भएको सवारी दुर्घटनमा ८ जनाको ज्यान गएको हो ।

प्रहरीका अनुसार जितपुरसिमरा उपमहानगरपालिका-२३ भोलहीस्थित सडकमा ना ३ ख ७५९४ नम्बरको ट्यांकरले बिआर ०६ सिक्यू ४१४१ नम्बरको भारतीय कारलाई गएराति ठक्कर दिँदा कारमा सवार चालक मोतिहारी पुर्बी चम्पारन भारत घर बस्ने ३४ वर्षीय राजन सराफ सहित ३ जनाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको वयोधा अस्पताल वीरगंजमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार ट्यांकर चालकको प्रहरीले खोजी गरिरहेको छ ।

त्यस्तै मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५ वनढाटस्थित सडकमा ना ६ ख ७६९ नम्बरको बसले ना ५८ प ९९७३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको छ । मृत्युहुनेहरुमा हेटौंडा उपमहानगरपालिका-१५ पनेस बस्ने १८ वर्षीय प्रकाश दियाली र सोही उपमहानगरपालिका-३ बस्ने २२ वर्षीय सुशान्त दियाली रहेको प्रहरीले जनाएको छ । गम्भीर घाइते भएका उनीहरुको हेटौंडा अस्पतालमा उपचारको क्रममा
मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

त्यसैगरि सप्तरी, खडक नगरपालिका-४ अमहास्थित सडकमा बा ५६ प २५१५ नम्बरको मोटरसाइकल र स ५ प ८४३४ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई शनिबार दिउँसो दुर्घटना हुँदा हाल नाम,थर, वतन नखुलेका २ जना पुरुषको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको सप्तऋषी अस्पताल लहान सिरहामा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

उता रौतहट, दुर्गा भगवती गाउँपालिका-४ स्थित सडकमा बिआर ३० वाई ९०४७ नम्बरको मोटरसाइकलको ठक्करबाट साईकलयात्री हाल नाम, थर, वतन नखुलेका अन्दाजी ६५ वर्षीय पुरुषको शनिबार बिहान मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको शिवदर्शन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

 

प्रकाशित मिति : ३० आश्विन २०७८, शनिबार  ८ : ३८ बजे

सुरक्षा चुनौती निस्तेज पार्ने रणनीति बनाउन महानिरीक्षक कार्कीको निर्देशन

काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले समाजमा देखापरेको सुरक्षा चुनौतीको

काठमाडौं अवतरण हुन नसक्दा नेपाल वायुसेवा निगमका जहाज अव भैरहवा ‘डाइभर्ट’ हुने

काठमाडौं । विभिन्न कारणले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण हुन नसक्दा

नेपालगन्जमा सर्वाधिक कर तिर्ने वेष्टर्न अस्पताललाई कर कार्यालयको सम्मान

नेपालगन्ज । आन्तरिक राजश्व कार्यालय नेपालगन्जबाट आर्थिक वर्ष २०८०/०८१ मा

जेनजी आन्दोलनका क्रममा नेपालगन्जमा तोडफोड, आगजनी र लुटपाट गर्ने ६ जना पक्राउ

नेपालगन्ज । गत भदौ २४ गते जेनजीको आन्दोलनका क्रममा नेपालगन्ज

प्रधानाध्यापक र अध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कपिलवस्तुस्थित श्री विश्वमैत्री आधारभूत