३१ बैशाख २०८३, बिहिबार | May 14, 2026

विजय लामा र गौरी मल्लले गरे मेदान्त आयुर्वेद हस्पिटलको उद्घाटन



काठमाडौं । मेदान्त आयुर्वेद हस्पिटलको उद्घाटन गरिएको छ। काठमाडौंमा आयोजित एक कार्यक्रमकोबीच वरिष्ठ क्याप्टेन विजय लामा र वरिष्ठ अभिनेत्री गौरी मल्लले हस्पिटलको उद्घाटन गरेका हुन्। सोही क्रममा अभिनेत्री मल्लले अहिले खाएर अहिले परिणाम आउने औषधीभन्दा आयुर्वेदिक औषधी राम्रो हुने बताइन्।

उनले आयुर्वेदिक औषधी प्रयोग गर्दा धैर्यता राख्नुपर्ने बताइन्। यसको परिणाम आउन ढिला भए पनि राम्रो हुने उनको धारणा थियो। ‘परापूर्व कालमा घरेलु दवाइबाट उपचार गरिन्थ्यो। हाम्रो उमेर समूहका सबै मान्छेले प्राय घरेलु उपचार गर्नु भएको छ। हामीले घरेलु औषधि खाएका पनि छौं। तर, आजभोली हामीलाई अहिले खाएर अहिले परिणाम आउने औषधी चाहिन्छ। आयुर्वेदिक औषधीको सेवनले विरामी निको हुन समय लाग्छ। तर, रोग निर्मुल हुन्छ। त्यसका लागि धैर्यता चाहिन्छ,ु उनले भने।

क्याप्टेन लामाले आर्युवेद उपचार पद्धति निकै लामो भएको बताए। यो उपचार विधि अपनाउन र विकल्पका रुपमा नराख्न उनको सुझाव छ।

नेपाल एयरलायन्समा ३८ वर्षसम्म जहाज उडाएका क्याप्टेन लामाले ६४ वर्षको उमेरमा पुग्दा मुख्य रुपमा खानपान र व्यायममा ध्यान दिने गरेको र अरुलाई पनि त्यस्तै गर्न सुझाएका छन्।

त्यति गर्दा पनि शरीरमा समस्या देखिए पहिलो प्राथमिकतामा आयुर्वेदलाई दिन उनी सुझाउँछन्। क्याप्टेन लामाले मेदान्त आयुर्वेद हस्पिटलका वरिष्ठ चिकित्सक तथा अध्यक्ष डाक्टर सुवर्ण पौडेललाई हौस्याउँदै सधैँ डटेर उपचारमा जुट्न उनको आग्रह छ।

डाक्टर पौडेलले हस्पिटलमा एक सय रुपैयाँमा ओपीडी सुरु गरिएको जानकारी दिए। नयाँ र व्यवस्थित भवनमा उचित सुविधासहित न्यून मूल्यमा उपचार सेवा प्रदान गरिने उनले बताए।

प्रकाशित मिति : १ पुस २०८१, सोमबार  ८ : ४५ बजे

विद्युत् नियमन आयोगमा खुला प्रतिस्पर्धाबाट नियुक्ति गरिँदै

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विद्युत् नियमन आयोगका

बन्दीपुर अस्पताललाई ४० लाख मूल्यका उपकरण प्रदान

तनहुँ। तनहुँको बन्दीपुर गाउँपालिका–४ स्थित बन्दीपुर अस्पताललाई विभिन्न संघसंस्था तथा

प्यारामाउण्ट बोर्डिङ स्कूलद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित

बुटवल । रुपन्देहीको तिलोत्तमा-१ नयाँमिलस्थित प्यारामाउण्ट बोर्डिङ स्कूलले माध्यमिक शिक्षा

डोजर आतंक र जबर्जस्ती उठिबासविरुद्ध माइतीघरमा सुकुम्बासीहरूको प्रदर्शन

काठमाडौं । भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीमाथि भइरहेको डोजर आतंक,

लगानी, कृषि र पर्यटन प्रवर्द्धनका लागि सांसदहरूको सुझाव

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले सरकारको आगामी आर्थिक वर्षको