२४ बैशाख २०८१, सोमबार | May 6, 2024

दशैँमा चार करोड ३९ लाखको खसीबोका बिक्री



दमौली । हिन्दुहरूको महान् पर्व दशैँका अवसरमा तनहुँका सहकारीमार्फत करिब साढे चार करोड बराबरका खसीबोका बिक्री भएका छन् । महिलाहरूले सञ्चालन गरेका सहकारी मार्फत दशैँमा मात्रै रु चार करोड ३९ लाख ३४ हजार १३ को खसीबोका बिक्री गरेका हुन् ।

असोजमा ती सहकारीहरूले जिल्लाभित्र र जिल्लाबाहिर खसीबोका बिक्री गरेका थिए । सहकारीले नै बजारीकरण गरिदिएपछि बाख्रापालक कृषकलाई सहज भएको छ । खसीबोका किन्न व्यापारी गाउँसम्मै पुग्ने गरेका थिए ।

घिरिङसुन्धारा सामाजिक उद्यमी महिला सहकारी संस्थाले रु ४६ लाख ५९ हजार १३९, भगवतीपुर सामाजिक उद्यमी महिला सहकारीमार्फत रु ८४ लाख ३२ हजार ८४०, माझकोटस्थित माझकोट महिला विकास बहुउद्देश्यीय सहकारी संस्थामार्फत् रु ८८ लाख ३८ हजार ७१५, अरुणोदय सामाजिक उद्यमी महिला सहकारीमार्फत् रु २३ लाख ६६ हजार १५५ बराबरको खसीबोका बिक्री गरेका छन् ।

अतिप्रिय सामाजिक उद्यमी महिला सहकारी संस्थामार्फत् रु ६७ लाख ७३ हजार ५४९, दिदीबहिनी कृषि सहकारी संस्था मार्फत रु सात लाख २५ हजार १०८, शुभदिप सामाजिक उद्यमी महिला सहकारी मार्फत रु २८ लाख ३८ हजार ३२४, आधारशीला सामाजिक महिला उद्यमी सहकारी मार्फत रु ११ लाख ९६ हजार ५५०, सप्तधारा सामाजिक उद्यमी महिला सहकारी मार्फत रु ५० लाख ७५ हजार ४७५, भागिरथी सामाजिक उद्यमी महिला सहकारी मार्फत रु ३० लाख २८ हजार १५८ को खसी बिक्री भएको छ ।

ती सहकारी मार्फत एक हजार ४८८ खसीबोका बिक्री भएका छन् । घिरिङ गाउँपालिका-२ भोरकोटस्थित घिरिङसुन्धारा सामाजिक उद्यमी महिला सहकारीकी अध्यक्ष शारदा आलेका अनुसार सहकारीबाटै बजारीकरण गर्दा कृषकलाई सहज हुने गरेको बताए ।

भिमाद नगरपालिका-२ स्थित अरुणोदय सामाजिक उद्यमी महिला सहकारीकी अध्यक्ष सीताकुमारी तिमिल्सिनाले खसीबोका बिक्रीका लागि विगत वर्षदेखि नै बजारीकरणमा सहयोग पुर्याएको बताए । “यसले कृषकलाई खसीबोका बिक्रीका लागि बजार खोज्नु हिँड्नुपरेको छैन, कृषकलाई सहज भएको छ”, उनले भने ।

भिमाद नगरपालिका-९ स्थित अतिप्रिय सामाजिक उद्यमी महिला सहकारी संस्थाकी अध्यक्ष देवी मुक्तान आलेले भने, “प्रत्येक वर्ष दसैंतिहारमा सहकारीले नै व्यापारी खोजेर खसीबोका बिक्री गरिदिन्छ, यसले गर्दा कृषकले पनि खसी बिक्री गरेर चाडपर्व मनाउन पाउने गरेका छन् ।”

हेफर नेपालको साझेदारीमा नेपाल एकीकृत ग्रामीण विकास केन्द्र तनहुँले सञ्चालन गरेको ‘पशुवस्तुको मूल्य श्रृङ्खलामा आधारित साना किसानको संस्था सवलीकरण परियोजना’अन्तर्गत दश सहकारीले कृषकले पालेका खसीबोका बिक्रीका लागि बजारीकरण गर्दै आएको छ ।

सहकारीले बजारीकरणमा सहयोग पुर्याएपछि बाख्रापालक कृषक पनि खुशी भएका छन् । बाख्रापालनबाट घरखर्च चलाउँदै कृषकलाई गाउँघरमै खसी बिक्री गर्ने व्यवस्था भएपछि सहज पनि भएको छ ।

हेफर इन्टरनेशनल नेपाल र नेपाल एकीकृत ग्रामीण विकास केन्द्रको साझेदारीमा ‘पशुवस्तुको मूल्य श्रृङ्खलामा आधारित साना किसानको सस्था सवलीकरण परियोजना’ मार्फत गठन भएका सहकारीले गाउँमै खशी बिक्रीको व्यवस्था मिलाएर कृषकलाई सहयोग पुर्याइरहेको ग्रामीण विकास केन्द्रका कार्यक्रम संयोजक प्रेमप्रसाद पौडेलले जानकारी दिए ।

प्रकाशित मिति : १ कार्तिक २०७८, सोमबार  ६ : ५५ बजे

ज्ञान कर्णाली हाफ म्याराथनमा महिला तथा पुरुष विजेतालाई समान ५५/५५हजार

नेपालगन्ज । यही बैशाख २९ गते शनिवार आयोजना हुने प्रथम

ललितपुर आगलागी : दुई बालिकाको मृत्यु, दुईको अवस्था गम्भीर

काठमाडौं । ललितपुर महानगरपालिका-१७ ग्वार्कोस्थित एक टहरोमा आइतबार भएको आगलागीमा

अदालतभित्रै श्रीमानद्वारा श्रीमती कुटिए

तम्घास । गुल्मी जिल्ला अदालतको भवनभित्र श्रीमानले श्रीमतीमाथि कुटपिट गरेका

घुस रकमसहित मालपोतका सुब्बा पक्राउ

बुटवल ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय कपिलवस्तुका नायव

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड र बडीमालिका नगरपालिकाबिच उद्यमशीलता,